• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    भारतमा आम आदमी पार्टी नेतृत्वको सरकार बन्ने संकेत

    2.5K
    SHARES


    काठमाडौं । भारतको पञ्जाबमा आम आदमी पार्टी (आप) नेतृत्वको सरकार बन्ने संकेत देखिएको छ । विधानसभा निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजामा आम आदमीले पन्जाबका ११७ सिटमध्ये ८९ सिटमा अग्रता लिएको छ ।

    यो रुझानले आम आदमीले दिल्लीपछि पन्जाबमा पनि सरकार बनाउने संकेत देखिएको हो । यही अवस्था कायम रहे आपले पन्जाबमा दुई तिहाइ बहुमतको सरकार बनाउने छ ।

    यसअघि पन्जाबमा कांग्रेसको सरकार थियो । यस निर्वाचनमा कांग्रेस १३ सिटमा अगाडि देखिएको छ । भाजपाले जम्मा ५ सिटमा अग्रता लिएको छ ।

    उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने अन्य दलहरुभन्दा भाजपा अगाडि छ । उत्तरप्रदेशमा भाजपासहितको गठबन्धन २४८, समाजवादी पार्टी (सपा) गठबन्धन १०८, कांग्रेस ८, बसपा ८ र अन्य दल ४ सिटमा अगाडि छन् ।

    उत्तराखण्डमा भाजपा ४०, कांग्रेस २६, आम आदमी १ र अन्य पार्टी ३ सिटमा अगाडि छन् ।गोवामा भाजपा २०, युपीए गठबन्धन १३, टिएमसी ४, आम आदमी १ र अन्य २ सिटमा अगाडि छन् । मणिपुरमा भाजपा २६, कांग्रेस १३, एनपीएफ ७, एनपीपी ५ र अन्य दल ९ सिटमा अगाडि छन् ।

    भारतको राजधानी दिल्लीमा पहिलेदेखि नै आम आदमी नेतृत्वको सरकार छ । पार्टीका अध्यक्ष अरविन्द केजरीवालले आठ वर्षदेखि दिल्ली सरकारको नेतृत्व गरिरहेका छन् ।

    उनले दिल्लीमा खानेपानी, शिक्षा, स्वास्थ्य, विद्युत, सामाजिक सुरक्षा भत्ता लगायतका क्षेत्रमा गरेका काम जनप्रीय छन् । विधानसभा निर्वाचन अगाडि गरिएको मत सर्वेक्षणमा पन्जाबमा आम आदामी पार्टीले नै चुनाव जित्ने नतिजा सार्वजनिक भएका थिए ।

    सर्वेक्षणहरुमा आम आदमीले ७६ देखि ९० सिटसम्म जित्ने अनुमान गरिएको थियो । विधानसभा निर्वाचनमा उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भाजपाका उम्मेदवारहरु अगाडि छन् ।

    भारतमा माघ २७ गतेदेखि फागुन २३ गतेसम्म सात चरणमा विधानसभा निर्वाचन भएको थियो । मत गणना आज बिहान आठ बजेदेखि जारी छ । निर्वाचनको परिणाम आजै सार्वजनिक हुने भारतको निर्वाचन आयोगले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ