काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल आयल निगमको कार्यकारी निर्देशक पदमा तीन जनाको नाम सिफारिस गरेको छ ।
मन्त्रालय अन्र्तगतको छनोट तथा सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेको हो । समितिले चन्डिकाप्रसाद भट्ट, जिवन प्रकाश सिटौला र उमेशप्रसाद थानीको नाफा सिफारिस गरेको हो ।
सिफारिस भएका तीन जनामध्ये एक जनालाई मन्त्रीपरिषद् बैठकले निगमको नेतृत्व सुम्पिने छ । निगमको कार्यकारी पदको आवेदन खुलाएपछि १७ जनाले आवेदन दिएका थिए ।
ती मध्येबाट ३ जना सिफारिस भएका हुन् । यसअघिका निवर्तमान कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल सकिएपछि निगम नेतृत्वविहीन बनिरहेको थियो ।
यस्तै सरकारले रात्री व्यवसाय सञ्चालनमा लगाएको समयसीमा हटाएको छ । गृह मन्त्रालयले मुलकभर दिउँसो र रातको समयमा होटल/रेस्टुराँ, डान्स/डिस्को/बारलगायत व्यवसाय सञ्चालन गर्न आचारसंहिता जारी गर्दै समयसीमा हटाएको हो ।
गृहको नयाँ मापदण्डअनुसार व्यवसाय सञ्चालन गर्न दिने गरी समन्वय गर्न प्रहरी प्रधान कार्यालय र ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिक परिपत्र गरिएको छ ।
‘व्यवसायीसँगको समन्वयमा सुरक्षा व्यवस्थालाई ध्यानमा राखी २४ सै घण्टा व्यवसाय सञ्चालन गर्न पाउनेगरी व्यवस्था मिलाउनू,’ गृहले दिएको आदेशमा भनिएको छ ।
गृहको परिपत्रपछि प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालयसहित ७ वटै प्रदेश प्रहरी, संघीय इकाइ र जिल्ला प्रहरी कार्यालयलाई नयाँ मापदण्डअनुसार समन्वय र सहजीकरण तथा सुरक्षा व्यवस्थापन मिलाउन निर्देशन दिएको छ ।
प्रतिक्रिया