• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    प्रधानमन्त्रीले एकाएक किन गर्दैछन आपतकालको घोषणा, दिइयो यस्तो कारण

    1.2K
    SHARES


    काठमाडौँ । प्रधानमन्त्रीले एकार्क आपतकाल घोषणा गर्ने भएका छन् । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले आफ्नो देशको दुईवटा राज्यमा आएको बाढीका कारण राष्ट्रव्यापी आपतकालको घोषणा गर्ने बताएका छन् ।

    न्यु साउथ वेल्स (एनएसडब्ल्यु) र क्विन्स्ल्याण्डमा आएको बाढीमा परी २० जनाको मृत्यु भएको छ । रेकर्ड स्तरको वर्षापश्चात् पछिल्लो दुई हप्तामा हज्जारौं घर डुबानमा परेका छन् ।

    बासिन्दाको तत्काल उद्दार नगरेको भन्दै मानिसले संघीय तथा स्थानीय सरकारमाथि रोष व्यक्त गरेका छन् । मोरिसनको घोषणा – राष्ट्र पहिलो– ले संघीय अधिकारीलाई यसबारे प्रत्यक्ष हस्तक्षेप गर्न अनुमति दिनेछ ।

    उनले लिस्मोरको शहरमा बुधबार यस्तो घोषणा गरेका हुन् । उनले ५ सय वर्ष पछि यस्तो घटना निम्तिएको बताए ।

    बाढीका कारण यहाँ ४ जनाको मृत्यु भएको छ । ‘यहाँ जे देखिएको छ, त्यसले मुटु छियाछिया पारेको छ । तपाईंले यसलाई हेर्नुपर्छ, यसलाई सुँध्नुपर्छ, महसुस गर्नुपर्छ,’ उनले भने ।

    यस्तै यता युक्रेन युद्धमा रुसले रासायनिक अथवा जैविक अस्त्र प्रयोग गर्नसक्ने ह्वाइट हाउसले दाबी गरेको छ। ह्वाइट हाउसले त्यस्तो हुनसक्ने भन्दै सबै सतर्क हुनुपर्छ समेत भनेको छ।

    ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले युक्रेनमा अमेरिकी जैविक अस्त्र प्रयोगशाला रहेको र युक्रेनमा रासायनिक अस्त्र विकास भएको भन्ने रुसी दाबी झुटो भएको पनि बताएकी छन्।

    उनले ती झूटा दाबीहरू थप पूर्वनियोजित र अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने प्रयास गर्न रुसले चालेको स्पष्ट चाल भएको उनको भनाइ छ।

    उनको जस्तै अन्य पश्चिमा अधिकारीहरूले पनि रुस र युक्रेनबीचको युद्ध तीव्र रूपमा बढ्ने जोखिमबारे आफूहरू निकै चिन्तित रहेको बताएका छन्।

    विशेषगरी रुसले गैरपरम्परागत अस्त्रहरू प्रयोग गर्ने सम्भावनालाई लिएर आफूहरू चिन्तित बनेको उनीहरूको भनाइ छ।

    त्यसले सम्भवतः रासायनिक अस्त्रहरूलाई जनाउँछ, तर उक्त शब्दले सानो स्तरका रणनीतिक परमाणु अस्त्र, बायलोजिकल अर्थात् जैविक अस्त्रहरू र डर्टी बम भनिने विकिरणयुक्त हतियारहरूलाई पनि बुझाउँछ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ