सङ्खुवासभा । सङ्खुवासभाको मादीबाट झापाको दमक जाँदै गरेको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बिहीबार बिहान मादी नगरपालिका–६ को पुलुड्ड स्थित सात घुम्तिमा दुर्घटना दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको हो । अहिलेसम्म दुर्घटनामा मृत्यु भएका १४ जनाको शव निकालिएको प्रहरी नायव उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
‘अहिलेसम्म १४ जनाको मृत्यु पुष्टि भएको छ। घाइतेको उद्धार गर्दैछौं। केही घाइतेलाई उद्धार गर्न हेलिकोप्टर मगाइएको छ,’ उपरीक्षक सुवेदीले भने।
उनका अनुसार मृत्तकको पहिचान भने भएको छैन । दुर्घटनामा पाँच जनाको जिवितै उद्धार गरिएको छ । स्थानीयका अनुसार बसमा करिब १९ देखि २५ जना यात्रु थिए ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको जनाइएको छ । दुर्घटनामा कति जनाको ज्यान गयो भन्ने विवरण सङ्कलन भइरहेको उनले जानकारी दिए ।
बस सडकबाट करिब तीन सय मिटर तल खसेको थियो। क्षतिको यकिन विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवेदीले बताए ।
प्रतिक्रिया