• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संखुवासभामा बस दुर्घटना, १० जनाको मृत्यु,थप विवरणसहित

    1.3K
    SHARES


    काठमाडौं । संखुवासभामा बस दुर्घटना हुँदा कम्तिमा १० जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस आज बिहान करिब साढे सात बजे तिर संखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा दुर्घटना भएको थियो ।

    दुर्घटनामा १० जनाको मृत्यु भएको पुष्टि भएको डिएसपी लालध्वज सुवेदीले जानकारी दिए । बस सडकबाट करिब साढे ३ सय मिटर तल खसेको छ । घटनास्थलमा उद्धारकार्य जारी छ ।

    यता महोत्तरीमा बुधबार दिउँसो भएको सवारी दुर्घटनामा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् ।

    औरही नगरपालिका वडा-४ स्थित माईस्थान सम्सी सडक खण्डमा गौशालाबाट सम्सी तर्फ जाँदै गरेको प्र.२-०२-००३ प.५१५९ नम्बरको मोटरसाईकल र विपरीत दिशा तर्फबाट आउँदै गरेको ना. ५ ख ७७२७ नम्बरको ट्रक एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा मोटरसाईकल चालक महोत्तरी गौशाला नगरपालिका वडा नं. २ निगौल बस्ने ४० बर्षका रामपुनित ठाकुरको मृत्यु भएको महोत्तरी प्रहरीका प्रवक्ता एवं डिएसपी प्रकाश विष्टले जानकारी दिए । घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारको क्रममा मृत्यु भएको उनले बताए ।

    मोटरसाईकलमा पछाडी सवार निजकै श्रीमती ३८ वर्षकी उर्मिला ठाकुर घाइते भएकी छन् । उनको प्रादेशिक अस्पतालमै उपचार भइरहेको छ ।

    मोटरसाईकल, ट्रक र चालकलाई ईलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको र घटना सम्बन्धामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ