• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    रुसले लगातार आक्रमण गरेपछि युक्रेनी राष्ट्रपतिले गरे यस्तो घोषणा

    2.4K
    SHARES


    काठमाडौँ । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अबनेटोको सदस्यतानलिने बताएका छन् । रुसलाई शान्त पार्नका लागि उनले यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ ।

    उनी दुुई फरक फरक रुसी समर्थक क्षेत्र (डोनेट्स्क र लुहान्सक) को स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् ।

    जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो ।

    यो त्यही मुद्धा हो जसलाई रुस र युक्रेनकाबीच युद्धको कारक मानिएको थियो । रिपोर्टका अनुसार नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन । नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्,‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मागिरहेको होस् ।’

    नेटोलाई खतरा मान्छ रुस
    रुसले छिमेकी मुलुक युक्रेन नेटोमा समावेश होस् भन्ने चाहँदैन । रुस नेटोको विस्तारलाई एक खतराको रुपमा हेर्छ । किनकी उ आफ्नो ढोकामा नयाँ पश्चिमी सहयोगीको सेना चाहँदैन ।

    दुुई क्षेत्रमा सम्झौताको संकेत
    युक्रेनमा हमला गरेर विश्वलाई तरंगित बनाउन पूर्व पुटिनले पूर्वी युक्रेनमा रहेका डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र घोषित गरेका थिए । अब पुटिन चाहन्छन् कि युक्रेनले उसलाई स्वतन्त्र देशको मान्यता दिनुपर्छ । यो सम्बन्धमा जेलेन्स्कीले आफू वार्ताका लागि तयार भएको बताएका छन् ।

    रुसको हमलापछि लाखौं मानिस युक्रेनबाट भागेर आसपासको देशमा शरण लिइरहेका छन् । अझै पनि पोल्याण्ड, रोमानिया, स्लोभाकिया जस्ता देशमा लगातार युक्रेनी शरणार्थी पुग्ने क्रम जारी छ । यसैक्रममा एक शरणार्थी परिवारका ११ वर्षका एक बालक एक्लै १२०० किलोमिटरको यात्रा गरेर युक्रेनको जेपोरजियाबाट स्लोभाकिया पुगेको समाचार बाहिर आएको छ । ती बच्चाको नाम हो हसन ।

    बीबीसी हिन्दीकाअनुसार ​हसनकी आमा बुढी भइसकेकी हजुरआमालाई एक्लै छोडेर जान सक्ने अवस्थामा थिइनन् । उनले एक पासपोर्ट, २ साना ब्याग र नातेदारको फोन नम्बरका साथ ती बालकलाई सीमासम्म जाने रेलमा चढाइदिइन् । त्यहाँबाट भन्सार अधिकारीले स्लोभाकियासम्म पुग्नका लागि ती बालकलाई सहयोग गरे । भन्सार अधिकारीले बच्चालाई बहादुर भन्दै उसको मुस्कानले मानिसको मन जितेको बताएका छन् ।

    ती बालकसँग स्लोभाकियाको सीमामा पुग्दा एक प्लास्टिक ब्याग, सानो रातो ब्याग र आफ्नो पासपोर्ट साथमा थियो । त्यहाँ स्वयंसेवीले उनका लागि खानपिनको व्यवस्था गरिदिएका थिए । सीमा अधिकारीले स्लोभाकियाको राजधानी ब्रातिस्लाभामा उनका नातेदारसँग सम्पर्क गराइदिएका थिए ।

    स्लोभाकियाका प्रहरीद्वारा पोस्ट गरेको एक भिडियोअनुसार बच्चाकी आमाले छोरालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । ती महिलाले भिडियोमा रुसी हमलाबीच आफ्नो छोराले यति लामो यात्रा किन गर्नुपर्यो भनेर प्रस्ट पार्ने कोसिस गरेकी छन् ।

    हसनकी आमा जुलिया पिसेकाले भिडियोमा भनेकी छन् : ‘मेरो शहरमा एउटा उर्जा प्लान्ट छ, जहाँ रुसीहरु गोलाबारी गरिरहेका छन् । म आफ्नी आमालाई छोड्न सक्दिन र उनी अन्यत्र कही जाने अवस्थामा छैनन् । यसैले मैले आफ्नो छोरालाई स्लोभाकिया पठाएको हु ।’ जुलियाका पतिको पहिले नै मृत्यु भइसकेको छ ।

    जेपोरजिया परमाणु उर्जा प्लान्ट युरोपमा सबैभन्दा ठूलो हो । यसलाई गत साता रुसी सेनाले आफ्नो कब्जामा लिइसकेको थियो । रुसले उर्जा प्लान्टमा हमला गरेपछि युक्रेनी राष्ट्रपति भोलोदमीर जेनेन्स्कीले रुसकोे गोलाबारीका कारण त्यहाँ चेर्नोबिलभन्दा पनि ठूलो दुर्घटना हुनसक्ने चेताजनी दिएका थिए ।

    रुसको आक्रमणपछि २० लाखभन्दा बढी युक्रेनीले छिमेकी देशहरुमा शरण लिइसकेका छन् । त्यसमध्ये १२ लाखभन्दा बढी मानिस पोल्याण्ड पुगेका छन् भने १ लाख ४० हजार मानिस स्लोभाकियामा पुगेका छन् ।

    जुलियाले उक्त भिडियोमार्फत आँखाबाट आँशु झार्दै युक्रेनका बालबालिकालाई सुरक्षित ठाउँमा राख्नका सम्बन्धित निकायहरूलाई आग्रह गरेकी छन् । बालक हसनले मानिसहरुको मन जितेको स्लोभाकियास्थित गृहमन्त्रालयका एक अधिकारीले बताए । त्यहाँका गृहमन्त्री रोमन मिकुलकले सोमबार हसनसँग भेटघाट गरेका थिए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ