• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डले भने- माओवादी एक्लै चुनाव लड्न सक्षम छ

    771
    SHARES


    काठमाडौँ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माओवादी एक्लै चुनाव लड्न सक्षम रहेको बताएका छन् ।

    अध्यक्ष प्रचण्डले माओवादीसँग विचार र एजेण्डा भएको भन्दै एक्लै चुनाव लड्न सक्षम भएको दाबी गरे । उनले काँग्रेस-एमाले एजेण्डा र विचारमा शून्य रहेको बताउँदै अहिले आफुहरुलाई अपमानित गर्ने काम भएको समेत बताए ।

    बुधबार नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रत्यक्ष निर्वाचनमा हामीभन्दा काँग्रेस १० सिट तल हो ।

    त्यही पाटीलाई उचालेर सिंहासनमा लगेर राखिएको छ, अहिले उसैले हामीलाई अपमानित गर्ने ? यस्तो अपमान सहन सकिन्न ।’

    त्यस्तै प्रचण्डले संविधानमाथि प्रहार रोक्न आफूले सम्पूर्ण ध्यान केन्द्रित गरिरहेको बताएका छन्।प्रचण्डले पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण मुलुकमा भएको परिवर्तनको माओवादीले जस लिन नसकेको बताए ।

    नेपालको परिवर्तनको प्रमुख बाहक माओवादी भएपनि पार्टीभित्रकै गुटबन्दी र अन्तरविरोधका कारण त्यसको जस लिन नसकेको बताए।

    प्रचण्डले पार्टी र नेतृत्व निर्माणमा परम्परागत मान्यताबाट बाहिर आउन नसकेकाले पनि माओवादी कम्जोर बनेको बताए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ