• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुसमाथि प्रतिबन्ध लगाउना साथ राष्ट्रपति बाइडेनले सुन्नुपर्यो नमिठो खबर

    2.4K
    SHARES


    वासिङ्टन। अमेरिकाले रुसी तेल–ग्यास र अन्य उर्जा आपूर्ति तत्काल बन्द गर्ने निर्णय गरेको छ। युक्रेनमा आक्रमण गरिरहेकाले रुसमाथि कडा प्रतिबन्धहरु लगाउने क्रममा अमेरिकाले रुसको तेल र ग्यास आयात नगर्ने बताएको हो।

    अमेरिकी राष्ट्रपति जो बाइडेनको यो निर्णयले अमेरिकी उपभोक्ताहरु प्रत्यक्ष मारमा परेका छन्। अमेरिकामा तेलको मूल्य अहिलेसम्मकै उच्च भएको छ। तेलको मूल्य महँगो भएपछि अमेरिकी जनताहरु राष्ट्रपति जो बाइडेनसँग रुष्ट भएको समाचारहरु आएका छन्।

    मंगलबार बाइडेनले भनेका थिए,‘रूसी तेल अब अमेरिकी बन्दरगाहहरूमा स्वीकार्य हुनेछैन र अमेरिकी जनताले पुटिनविरुद्ध शक्तिशाली धक्का दिइरहनेछन्।’

    रुस तेल आपूर्ति गर्ने देशको पहिलो सूचीमा पर्दछ। उसले हरेक दिन ७० लाख ब्यारेल तेल विश्वभर पुर्याउँछ। तेल रुसको प्रमुख आय स्रोत भएकाले अमेरिकाले त्यसैमा प्रतिबन्ध लगाएको हो।

    यद्यपी अमेरिकी जनताले यतिबेला महँगो मूल्यमा तेल किन्न बाध्य भएका छन्। बीबीसीका अनुसार गतहप्ता अमेरिकामा पेट्रोलको मूल्य ११ प्रतिशतले वृद्धि भएको थियो।

    समग्रमा एक महिनाको अन्तरालमा अमेरिकामा ३० प्रतिशतले तेलको मूल्यमा वृद्धि भएको अल्जाजिराले उल्लेख गरेको छ। युनिभर्सिटी अफ ब्रिटिस कोलम्बिया साउदर स्कुल अफ बिजनेसका प्राध्यापक आडम पान्क्राज भन्छन्,‘तेलको मूल्य वृद्धि भएर प्रति ब्यारेल २ सय डलरभन्दा बढी पुग्नसक्छ।’

    यतिबेला अमेरिकी रेडियो र टेलिभिजनमा विपक्षी पार्टी रिपब्लिकनका नेताहरु राष्ट्रपति बाइडेनविरुद्ध अन्तर्वार्ता दिन तयार भएका छन्।

    मूल्य वृद्धिका कारण जनता मारमा परेको भन्दै बाइडेन यस विषयमा जिम्मेवार भएको उनीहरुको भनाइ छ। विकल्प खोजेर अमेरिकी जनतालाई सस्तो तेल र ग्यासको सुविधा दिनुपर्ने उनीहरु बताउँछन्।

    यस्तै रुसले युक्रेनमा आक्रमण बन्द गर्न आफू तयार भएको जनाएको छ। यद्यपी रुसले आक्रमण बन्द गर्नपूर्व युक्रनले आफ्ना सर्तहरु मान्नुपर्ने जनाएको छ।

    यसैहप्ताको सोमबार मात्र रुसी सरकारका प्रवक्ता दिमित्री पेस्कोभले भनेका थिए,‘हामी तत्काल युक्रेनमा आक्रमण बन्द गर्छौं तर युक्रेनले केही सर्तहरुको पालना गर्नुपर्छ।’

    पेस्कोभका अनुसार युक्रेनले तत्काल रुसी सेनाविरुद्ध आक्रमण बन्द गर्नुपर्छ, संविधानमा बदलाव ल्याउनुपर्छ, तटस्थता स्थापना गर्नुपर्छ, क्राइमियालाई रुसी क्षेत्रको रुपमा मान्यता दिनुपर्छ र डोनेट्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको रुपमा मान्यता दिनुपर्छ।

    युक्रेनमा आक्रमण गरेपछि रुसले पहिलोपटक स्पष्ट रुपमा आफ्नो बयान सार्वजनिक गरेको हो। यी सर्तहरु मानेको खण्डमा मात्र रुसले युक्रनमा आक्रमण रोक्ने विषय युक्रेनलाई पहिल्यै ज्ञात भएको पेस्कोभको भनाइ छ।

    सो क्रममा रुसले युक्रेनको एक इन्च जमिन पनि नचाहिएको पेस्कोभले बताए। उनका अनुसार युक्रेनले विदेशी गठबन्धनलाई युक्रेनमा घुस्न दिन बन्द गर्नुपर्छ।

    वास्तवमा युक्रेनको संविधानमै युक्रेन नेटो गठबन्धनमा संलग्न हुनेछ भनेर उल्लेख गरिएको छ। यो संविधानमा बदलाव ल्याएर युक्रेनले तटस्थताको सिद्धान्त पालना गर्नुपर्ने रुसको प्रमुख सर्त हो।

    युक्रेन पूर्व रुस अर्थात् सोभियत संघको राज्य थियो। सन् १९९१ मा सोभियत संघको पतनपछि युक्रेन अलग राष्ट्र बनेको थियो। रुसले युक्रेन र पश्चिमा राष्ट्रसँगको सम्बन्धलाई रुचाउँदैन। सोही कारण यतिबेला युक्रेनमा रुसले आक्रमण गरेको हो।

    रुसले स्पष्ट रुपमा नेटोलाई युक्रेन सो संगठनमा आवद्ध नहोस् भन्ने ग्यारेन्टी चाहिएको बताएको थियो। तर नेटोले कुनै पनि युरोपेली राष्ट्र नेटोमा आवद्ध हुनसक्न भनेपछि रुसले युक्रेनमा हमला सुरु गरेको हो। यसअघि सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया क्षेत्र कब्जा गरेको थियो।

    सो क्षेत्रलाई पनि युक्रेनले रुसी क्षेत्र मान्नुपर्ने रुसको सर्त छ। यस्तै गत महिना रुसले युक्रेन सरकारको विरुद्धमा रहेका दुई युक्रेनी क्षेत्र लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको घोषणा गरेको थियो। यी दुई राज्यलाई पनि युक्रेनले स्वतन्त्र क्षेत्र मान्नु पर्ने रुसको भनाइ छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ