• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    एमाले-माओवादीबाट फेरी थपिए ३ मन्त्री ! हेर्नुहोस् क-कसले कुन-कुन मन्त्रालय पाए ?

    13.9K
    SHARES

    काठमाडौं, ५ चैत ।

    प्रदेश ५ मा मन्त्रिपरिषद विस्तार भएको छ । यसअघि ३ सदस्यीय मात्रै रहेको मन्त्रिपरिषदलार्इ मुख्यमन्त्री शंकर पोखरेलले विस्तार गरी ६ सदस्यीय बनाएका छन् ।

    मुख्यमन्त्री पोखरेलले सोमबार सुदर्शन बराललार्इ सामाजिक विकास मन्त्रालय, लिला गिरीलार्इ उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र आरती पौडेललार्इ भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्रालय जिम्मेवारी दिएका छन् । तिनै मन्त्रीले पद शतथा गाेपनियताकाे सपथ पनि लिएका छन् ।

    थपिएकामध्ये बराल नेकपा माओवादी केन्द्रका हुन् भने गिरी र पौडेल नेकपा एमालेका हुन् । बराल गुल्मी १ क बाट, गिरी रुपन्देही २ क बाट र पौडेल बाँके १ ख बाट निर्वाचित भएका हुन् ।

    फागुन ३ गते मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेलले सोही दिन नेकपा माओवादी केन्द्रका कुलप्रसाद केसी र एमाले बैजनाथ चौधरीलाई समावेश गरी ३ सदस्यीय मन्त्रिपरिषद बनाएका थिए ।

    यसैबीच मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारका नाममा आसन पाएपनि ‘शासन’ गर्न नपाएको गुनासो गरेका छन्। प्रदेशमा प्रर्याप्त पूर्वाधार नभएको र कानुन समेत बनाउन बाँकी रहेकाले अहिले प्रदेश सरकार आसनमा बस्ने काममा मात्रै सीमित भएको उनले बताए ।

    ‘अहिले प्रदेश सरकार आसनमा बसेको मात्रै छ, शासन गर्न पाएको छैन’ सोमबार एक कार्यक्रममा मुख्यमन्त्री पोखरेलले भने, ‘प्रदेश सरकारले आफ्ना कानुनहरु बनाइसकेपछि मात्रै शासन (काम) गरेको अनुभूति जनताले गर्न पाउनेछन् ।’

    मुलुक कानुन निर्माणको चरणमा रहेको भन्दै उनले कानुन निर्माणपछि मात्रै प्रदेश सरकारका काम कारवाहीहरुले गति लिने बताए । उनले अघि भने, ‘अहिले हामीले प्रादेशीक संरचनाका रुपमा प्रदेश संरचना पाएका छौं तर, एकात्मक राज्यको मनोबिज्ञानलाई संघीयतामा ढाल्ने कुरा आफैंमा चुनौतीपूर्ण छ ।’

    भुगोल, समाज र मनोबिज्ञानलाई जोडेर प्रदेश ५ लाई बलियो र समृद्ध प्रदेश बनाइने उनले बताए ।

    प्रतिक्रिया

    आजको ट्रेन्डिङ