• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    सिद्धबाबाले बला’त्कार गरेका हुन् कि राजीखुशी ? आज सुनुवाइ हुँदै

    772
    SHARES


    काठमाडौँ । धरानको चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी विरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरले (आज) बुधबार सुनुवाइ गर्ने भएको छ ।

    अदालतले आफ्नो वेबसाइटमा राखेको सूचना अनुसार ५ नम्बर इजलासमा मुद्दाको सुनुवाइ हुनेछ । उच्च अदालतमा २०७७ साल चैत २६ गते सिद्धबाबा विरुद्ध मुद्दा परेको थियो ।

    सुनसरी जिल्ला अदालतको २०७७ मङ्सिर २२ गतेको फैसलामा सिद्धबाबा भनिने गिरीले एक भक्तालु महिलामाथि करणी गरेको स्वीकार गरिएको छ । सिद्धबाबाकी भक्तजन पीडित २६ वर्षीय महिलाले आफूमाथि बला’त्कार नै भएकोले कारबाहीको माग गर्दै जिल्ला अदालत सुनसरीको फैसला विरुद्ध उच्च अदालतमा पुनरावेदन दर्ता गराएकी हुन् ।

    गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रम्हचर्य तोडिदिएको भन्दै सफाइको मागसहित अर्को मुद्दा दर्ता गराएका छन् । दुवै मुद्दालाई एकै ठाउँमा राखेर अदालतले सुनुवाइ गरिरहेको छ । सम्भवतः बुधबार नै फैसला आउन सक्ने उच्च अदालत स्रोतको भनाइ छ ।

    सोलुखुम्बु घर भई सुनसरीको बराहक्षेत्रस्थित पवित्र धार्मिक स्थलमा बस्ने गिरी आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्दथे । उनै धर्मगुरुले आफूलाई बला’त्कार गरेको भन्दै एक २६ वर्षीय अनुयायीले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौँमा उजुरी दर्ता गरेकी थिइन् । कात्तिक ४ गते सिद्धबाबाले आश्रममा बोलाएर आफूलाई अनुचित प्रभावमा पारी मोहित बनाएर बला’त्कार गरेको ती महिलाको आरोप छ ।

    त्यस घटनाको विरुद्धमा २०७६ पुस १० गते सिद्धबाबाविरुद्ध जिल्ला अदालत सुनसरीमा मुद्दा दायर भएको थियो भने २०७७ मङ्सिर २२ गते जिल्ला अदालत सुनसरीले फैसला सुनाएको थियो ।

    सुनसरी जिल्ला अदालतका न्यायाधीश अर्जुनप्रसाद कोइरालाले ०७७ साल मङ्सिर २२ गते गरेको फैसलामा सिद्धबाबाले राजीखुशीमै महिलासँग यौनसम्बन्ध राखेको उल्लेख छ । जिल्ला अदालतको फैसलाले करणी पुष्टि गरेको छ ।

    तर, धर्मगुरुको शरणमा परेको अवस्थामा आफूलाई अनुचित प्रभावमा पारेर करणी गरिएको हुनाले बला’त्कारको आरोपमा सिद्धबाबालाई कानुनी कारबाही हुनुपर्ने महिलाको मागदाबी छ । सुनसरी बराहक्षेत्र नगरपालिका–१ चतरा हनुमान मन्दिरस्थित जगत गुरु आश्रममा बस्ने सिद्धबाबा धर्मगुरु हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया