• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights समाचार

    अचानक किन नेपाल आउँदैछन् चिनियाँ विदेश मन्त्री ? के हो रहस्य

    2.7K
    SHARES


    काठमाडौँ । एमसिसी पारित भएलगत्तै उत्तरी छिमेकी चीनका विदेश मन्त्री वाङ यी नेपाल आउने भएका छन्।

    परराष्ट्र मन्त्रालय स्रोतका अनुसार अहिले वाङको भ्रमणको तयारी भइरहेको छ। ‘दुबैतिर तयारी भइरहेको छ। मिति तोक्न बाँकी छ। छिट्टै हुने सम्भावना छ,’ परराष्ट्र स्रोतले भन्यो।

    यसअघि सोमबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री नारायण खड्काले नेपालमा उच्चस्तरीय भ्रमण हुन लागेको बताएका थिए।

    उनले कसको भ्रमण हुन लागेको हो भन्नेबारे जानकारी दिएका थिएनन्। पछिल्लो समय नेपालमा अमेरिकी सहयोग परियोजना एमसिसी पास गर्न बेलामा चीनले सार्वजनिक रूपमै टिप्पणी गरेको थियो।

    एमसिसीमा अमेरिकाले धम्कीपूर्ण कूटनीति सुरू गरेको र यो सहयोग हो कि पान्डोराज बक्स भन्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताहरूको टिप्पणीले काठमाडौंको कूटनीतिक वृत्तमा चर्चा पाएको थियो।

    एमसिसी पारित भएपछि पछिल्लो समय अमेरिकासँग व्यापार यु’द्ध गरिरहेको उत्तरी छिमेकी चीनसँग नेपालको सम्बन्ध कसरी अघि बढ्ला भन्ने चासो भइरहेका बेला चिनियाँ विदेश मन्त्री काठमाडौं आउन लागेका हुन्।

    परराष्ट्र मन्त्रालयले अहिले वाङको भ्रमणमा क्रममा हस्ताक्षर हुने एजेन्डाहरूमा तयारी गरिरहेको छ। वाङ यसअघि २०७६ असोजमा भएको राष्ट्रपति सी चिनफिङको भ्रमणअघि नेपाल आएका थिए।

    गत वर्ष मंसिरमा चीनका रक्षा मन्त्री वेइ फेङहे काठमाडौं आएका थिए। अहिलेको परिस्थितिमा वाङ नेपाल भ्रमणमा आउन लागेको कुरालाई निक्कै चाँसोका साथ् हेरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया