• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    देश छोडेर भागेको हल्लापछि युक्रेनका राष्ट्रपतिले जारी गरे यस्तो भिडियो सन्देश

    2.7K
    SHARES


    काठमाडौँ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफू लुकेर नबसेको टिप्पणी गरेका छन् । युक्रेनी राष्ट्रपतिको कार्यालयबाट भिडियो सन्देश जारी गर्दै जेलेन्स्कीले आफू राजधानी किभमै रहेको बताए ।

    ‘अब म एउटा कुरा भन्न चाहन्छु– म यहीँ छु, म किभमै छु ।बान्कोभा सडकमा । म लुकिरहेको छैन । र म कसैसँग डराउनेवाला पनि छैन । हाम्रो देशप्रेमी युद्धका लागि जे चाहिन्छ, म गर्न तयार छु ।’

    उनले जारी गरेको भिडियो सन्देशमा जनाइएको छ । फेब्रुअरी २४ मा रुसले आफ्नो मुलुकमाथि आक्रमण गरेयता जेलेन्स्कीले आफू रुसी फौजको प्रमुख निशाना रहेको बताउँदै आएका छन् ।

    गत साता युक्रेनी अधिकारीहरुले जेलेन्स्कीविरुद्ध भएको हत्या प्रयास असफल पारिएको जनाएका थिए । यद्यपि त्यसयता उनको ज्यानविरुद्ध रुसी षड्यन्त्रहरु अझै जारी रहेको युक्रेनी सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    युक्रेनमा अर्का रुसी जर्नेल पनि मारिए
    युक्रेनको सैनिक गुप्तचर निकायले युक्रेनमा अर्का एक रुसी सैनिक जर्नेल मारिएको दाबी गरेको छ । रुसी घेराबन्दीमा परेको पूर्वी शहर खार्किभमा रुसी सेनाको ४१ औं आर्मीका प्रथम उप–कमाण्डर मेजर जनरल भिताली गेराशिमोभको मृत्यु भएको युक्रेनी दाबी छ ।

    उनी सोमबार मारिएको युक्रेनको गुप्तचर निर्देशनायले जनाएको हो । यसअघि युक्रेनले फेब्रुअरी महिनाको अन्त्यतिर ४१ औैं आर्मीकै उप–कमाण्डर मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको थियो ।

    शनिबारमात्रै युक्रेनमा स्पार्टा बटालियन भन्ने रुस समर्थक कुख्यात नव नाजी लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको पनि पूर्वी शहर भोल्नोभ्कामा गोली हानी हत्या भएको थियो ।

    रुसले आफ्नो मुलुकमा सैनिक आक्रमण गरेयता ११ हजार रुसी सैनिक मारिएको युक्रेनी पक्षको दाबी छ । यता रुसले भने हालसम्म आफ्ना ५ सय भन्दा कम सैनिक मात्रै मारिएको दाबी गरेको छ । यद्यपि दुबै दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

    २० लाख युक्रेनी शरणार्थी बने
    युक्रेनमा जारी युद्धबाट शरणार्थी बन्नेको संख्या बीस लाख पुगेको छ । शरणार्थी सम्बन्धी संयुक्त राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयका प्रमुख फिलिपो ग्राण्डीले सामाजिक सञ्जाल ट्विटरमार्फत् यस्तो जानकारी दिएका हुन् ।

    संयुक्त राष्ट्र संघले युक्रेनमाथि रुसी आक्रमणबाट उत्पन्न मानवीय संकटलाई युरोपमा दोश्रो विश्वयुद्ध यताकै सबैभन्दा खराब शरणार्थी संकटको रुपमा व्याख्या गरेको छ ।

    युक्रेनमा शरणार्थी बनाइएकामध्ये आधा पोल्याण्ड पुगेको युरो न्युजले जनाएको छ । अरु १ लाख रुस र ४५० जनाजति बेलारुस पुगेको जनाइएको छ ।

    युक्रेनमा १३ दिन यता रुसी आक्रमण जारी छ । रुसले आक्रमण गरेको शुरुको एक सातामा १० लाख शरणार्थी युक्रेनबाट बाहिरिएका थिए । युद्ध जारी रहेकाले शरणार्थीहरुको सङ्ख्या अझ बढ्ने युएनएचसीआरको चिन्ता छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया