काठमाडौँ। नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) लाई भेटेर नेविसंघ नेतृत्व छात्रालाई दिन माग गरिएको छ।
नेविसंघ नेताहरूले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा महामन्त्री तथा सहमहामन्त्रीलाई भेटेर छिटो नेविसंघ तदर्थ समिति गठन गर्न र छात्रालाई नेतृत्वमा पुर्याउन माग गरेका छन्।
महामन्त्रीद्वयले छात्राहरूको माग सम्बोधन गर्न आफूहरूले पहल गर्ने प्रतिवद्धता जनाएका थिए।
छात्रालाई नेविसंघ नेतृत्वमा पुर्याउन गीता गुरूङ, प्रेमिका राना मगर, अस्मिता पन्थी, सुप्रिया भट्टलगायतले ज्ञापत्र पत्र बुझाएर नेताहरूलाई दबाब दिइरहेका छन्।
नेविसंघ अध्यक्ष राजिव ढुंगाना कांग्रेस केन्द्रीय सदस्य भएका छन्। उनी स्वत: नेविसंघ अध्यक्ष हटेपछि तदर्थ समिति बनाएर नेविसंघ महाधिवेशन गर्ने तयारी छ।
प्रतिक्रिया