• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    विजनेश समाचार

    आईओसीलाई निगमले पठायो १४ अर्ब ३० करोड रुपैयाँ

    1K
    SHARES


    काठमाडौँ। नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशनलाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले आईओसीलाई फागुन महिनामा तेल किने बापत उक्त रकम भुक्तानी पठाएको हो ।

    निगमका प्रवक्ता बिनितमणी उपाध्यायले आज पहिलो किस्ता बापतको १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पठाएको बताए ।

    उनले फागुन महिनामा कुल २६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा बाँकी रकम २३ मार्चमा पठाइने जानकारी दिए ।

    तेल किनेको रकम भुक्तानीका लागि सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

    कोषले दिने रकम निगम नाफामा हुँदा आयात हुने प्रतिलिटर पेट्रोलियम पदार्थबाट एक प्रतिशतका दरले संकलन गरिएको हो । निगम नाफामा हुँदा उठाइएको रकम सञ्चालनमा समस्या पर्दा प्रयोग गर्ने व्यवस्था छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ