• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    Uncategorized राजनीति

    आयोगले चुनाव चिह्न फेर्न खोजेको भन्दै केपी ओली भए आक्रोशित, दिए यस्तो कडा अभिव्यक्ति

    2.3K
    SHARES


    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनाव चिह्न हरियो बनाउने आयोगको निर्णय अमान्य हुने बताएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा गरिएको कार्यक्रममा बोल्दै उनले के का लागि हरियो रंगको चुनाव चिह्न बनाउन लागेको भन्दै प्रश्न गरे ।

    उनले भने–‘निर्वाचन आयोगले चुनाव चिह्न हरियो बनाउने रे ? कुन हिसाबले राख्न लागेको हो । यो राजनीतिक हिसावले राख्ने हो ? कि कसैको चुनाव चिह्न हरियो भयो भनेर राजनीति गर्न लागेको ? सबै चिह्न रुखै रुख देखुन भनेर हरियो राख्न खोजेको हो कि ! मैले आयोगसँग यसबारे कुरा गर्न पाएको छैन । मिडियाले गल्ति लेखेको हो भने मिडियाले सच्याउनुपर्छ, यदी आयोगको निर्णय हो भने आयोगले सच्याउनुपर्छ । कहिले अदालत हाम्रो विरुद्ध, कहिले सभामुख हाम्रो विरुद्ध, कहिले निर्वाचन आयोग हाम्रो विरुद्ध के हो यो ?’

    उनले अहिलेको सरकार चुनावबाट आएको नभई मुद्धा जितेर आएको भन्दै ब्यङ्ग्य गरे । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाको आलोचना गर्दै सभामुखले मनपरी गरेको आरोप लगाएका छन् । मंगलबार काठमाडौंमा अन्र्तराष्ट्रिय नारी दिवसका अवसरमा अखिल नेपाल महिलासंघले गरेको कार्यक्रममा बोल्दै उनले सभामुख स्वेच्छाचारी भएको टिप्पणी गरे ।

    सभामुख सापकोटाले तमासा देखाएको आरोप लगाउँदै उनले भने–‘सभामुखको तर्फबाट नियम कानुन भन्ने कुराको कुनै मतलव छैन् । स्वेच्छाचारिता, मनपरितन्त्र, कुनै पार्टीको अध्यक्षले ब्यक्तिगत तबरमा गरेको निर्णयका आधारमा सूचना जारी गरिदिने, कुनै पार्टीले केन्द्रीय कमिटीले निर्णय गरेको पार्टीको सरकार ढाल्ने, पार्टी फुटाएर हिँड्ने, प्रतिक्रियावादीहरुलाई फाइदा पुर्याउने, दुई तिहाईको आसपासमा पुगेको वामपन्थी आन्दोलनलाई चकनाचुर पारेर दक्षिणपन्थीहरुको पाउ मोल्न जानेहरूलाई निकालेको पनि सदर नगरी सभामुख बसिरहेका छन् ।’

    उनले अदालत, सभामुख, सरकार, निर्वाचन आयोग सवै एमालेको बिरुद्धमा लागेको आरोप लगाए । उनले परमादेशबाट मुद्धा जितेर बनेको सरकार एमालेको विरोधी स्वभाविक भएको बताउँदै मुद्धा जितेर पनि कहीँ सरकार बन्छ भन्दै प्रश्न गरे ।

    उनले भने–‘अव मुद्धा जितेर कोही स्थानीय तहको मेयर बन्छ रु मुद्धा जितेर मन्त्री, प्रधानमन्त्री बन्ने कस्तो जमाना आयो । लोकतन्त्र भनेको छ मुद्धा जितेर आएको छ ।’ उनले समृद्ध नेपाल सुखी नेपाली भनेर आफूले पढाएपनि आफ्ना विरोधीहरुले त्यो सिक्नै नसकेको दावी गरे ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया