• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नाबालिगको पक्षमा बोल्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो- रेखा थापा

    346
    SHARES


    काठमाडौँ।  अभिनेत्री रेखा थापाले राजनीतिक हिसावले उपस्थित र शृङ्गारिक हिसावले प्रतिनिधित्व गर्दैमा महिलामा परिवर्तन नआउने बताएकी छन् ।

    महिलाहरूमा परिवर्तन आउन चेतनाको स्तर वृद्धि हुनुपर्ने उनको धारणा छ । महिला दिवसको सन्दर्भमा मंगलबार आयोजित सडक बहस कार्यक्रममा बोल्दै थापाले नबालिग गायिकाको पक्षमा बोल्दा समाजबाट पीडा भोग्नु परेको गुनासो समेत पोखिन् ।

    ‘नाबालिग गायिका संरक्षण गर्ने दाइत्व हाम्रो समाजको हो र उसलाई संरक्षण गर्नुपर्छ भन्दा मलाई ‘हार्दिक श्रद्धाञ्जली’ समेत लेखियो’, उनले अगाडि थपिन् ‘त्यसले हामी अझै सतिप्रथामा छौं कि क्याहो जस्तो महसुस भयो ।’

    उनले हिंसामा परेर बाहिर निस्केको मानिसलाई तै खराब भन्ने प्रवृत्ति रहेको बताउँदै प्रश्न गरिन्, ‘जसलाई हिंसा परेर बाहिर निस्केको हुन्छ, त्यै खराब भन्न होला त ? ।

    थापाले पल शाह प्रकरणमा ब्यक्ति व्यक्तिले आफूखुसी दिएको अभिव्यक्तिप्रति कटाक्ष गर्दै ‘चोकचोकमा र गल्लीगल्लीमा न्यायाधीश र वकिलहरू जन्मिरहेको’ बताइन् । ‘अब अदालतको काम के त ? हिम्मत छ भने अदालत बन्द गराइदिनुस्, ’ उनले चुनौती कटाक्ष गरिन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ