• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    बाँकेमा मोटरसाइकलको ठक्करबाट प्रहरी हबल्दारको मुत्यु

    1K
    SHARES


    दाङ । बाँकेमा मोटरसाइकलको ठक्करबाट ड्युटीमा खटिएका एक प्रहरी हबल्दारको मुत्यु भएको छ । एकजना प्रहरी जवान घाइते भएका छन् ।

    नेपालगञ्ज–कोहलपुर सडकखण्डको राँझा चोकमा सोमबार राति आठ बजे मोटरसाइकलले ठक्कर दिंदा प्रहरी हबल्दार भुपेन्द्र शाहीको मृत्यु भएको हो । सो दुर्घटनामा प्रहरी जवान नरेश चौधरी र मोटरसाइकल चालक सन्तोष बमसिंह ठकुरी घाइते भएका छन् ।

    मोटरसाइकल चेकिङमा खटिएका प्रहरी हबल्दार शाही र चौधरीलाई ठकुरीले चलाएको भे १० प ४७५७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको बाँकेका डिएसपी मधुसुदन न्यौपानेले बताए ।

    मोटरसाइकल चालक ठकुरी र प्रहरी जवान चौधरीको मेडिकल कलेज नेपालगञ्जमा उपचार भइरहेको छ । यस्तै उता धनगढी उपमहानगरपालिका–१३ राजपुर मैदामिल नजिकै आज ट्रकको ठक्करबाट एक किशोरीको मृत्यु भएको छ।

    धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको बा२ख ५१५५ नम्बरको ट्रकले ठक्कर दिँदा धनगढी–१३ राजपुरका टेकेन्द्र कुँवरको १६ वर्षीया छोरी स्वस्तिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए।

    प्रनाउ जोशीका साइकलमा यात्रा गरेर बाटो क्रस गर्ने क्रममा ट्रकले ठक्कर दिँदा निज स्वस्तिकाको टाउको र शरीरमा चोट लागि उपचारको लागि धनगढीस्थित मायामेट्रो अस्पताल लगिएको र उपचारका क्रमका उनको मृत्यु भएको हो।

    ट्रक चालक गोदावरी नगरपालिका–४ का गणेशबहादुर लामालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पछिल्लो पटक सडक दुर्घटना हुने क्रम बढ्दो छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ