• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल हुने

    1K
    SHARES


    काठमाडौँ।  नेपाल र थाइल्याण्डबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालको राष्ट्रिय फुटबल टिमले थाइल्याण्डमा उसकै मैदानमा मैत्रीपूर्ण खेल खेल्ने जनाएको हो ।

    यो खेल मार्च २४ तारिखमा हुनेछ । त्यस्तै मार्च २७ मा नेपालले थाइल्यान्डको क्लब चोनबरी एफसीसँग दोस्रो खेल खेल्ने छ ।

    एएफसी एसियन कप छनोटअन्तर्गत तेस्रो चरणको खेलअघि नेपालले थाइल्यान्डसँग खेल्न लागेको हो । छनोटमा नेपालसहित कुवेत, इन्डोनेसिया र जोर्डन समूह ‘ए’ मा रहेका छन् ।

    यस्तै यता अलराउन्डर दीपेन्द्रसिंह ऐरीको अर्धशतक मद्दतमा नेपालले मंगलबार दोस्रो अभ्यास खेलमा श्रीलंका नेभीलाई १९७ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङका लागि आएको नेपालले ४३ ओभर तीन बलमा सबै विकेट गुमाउँदै १९६ रनको योगफल तयार पारेको हो ।

    नेपालका लागि दीपेन्द्रले सर्वाधिक ६३ रन जोड्दा भीम सार्कीले २८, विवेक यादवले २६ र पवन सराफले २२ जोडे । त्यस्तै कप्तान सन्दीप लामिछानेले अविजित १४ रन जोडे । यसअघि पहिलो खेलमा नेपाल १११ रनले विजयी भएको थियो ।

    नेपालले ११ मार्चसम्म श्रीलंकामा अभ्यास खेल खेल्ने छ । नेपाली क्रिकेट टिम आइसिसी विश्वकप लिग-२ त्रिकोणात्मक ओडिआई सिरिज खेल्न १४ मार्चमा श्रीलंकाबाट सिधै युएई जाने तालिका छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ