काठमाडौँ। करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर–९ का ३४ वर्षीय रतन कोइरालाको करेन्ट लागेर मृत्यु भएको हो ।
कर्णाली प्रदेश प्रहरीका अनुसार वीरेन्द्रनगर–१० का अमन उल्ला अन्सारीको घरमा टायल लगाउने क्रममा सोमबार दिउँसो साढे ३ बजेतिर कोइरालालाई करेन्ट लागेको थियो ।
अन्सारीको घरको छतबाट भर्याङ्ग भुईमा झार्दै गर्दा बिजुलीको तारमा छाेएर करेन्ट लागेको प्रहरीले जनाएको छ । उनकाे देउती नर्सिङ होम उपचारको क्रममा सोमबार साँझ ७ बजे मृत्यु भएको हाे ।
यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपराचोकमा सोमबार राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक बुद्धभुमी नगरपालिका–८ डुमराका ४० वर्षीय गणेश आचार्य रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा बुटवलस्थित एडभान्स सिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोमबार राति ११ बजे चेकपोष्ट नजिकै रोकेर ईन्ट्री गर्दै गरेको सूदुर पश्चिम प्रदेश ०१–००१ ख २९५६ नम्बरको ट्रकमा लु ७८ प ९६६१ नम्बरको मोटरसाइकल ठोकिएको थियो । ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय पिपराले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया