• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    युक्रेनमा यसरी फिल्मी शैलीमा मारिए रुसी जर्नेल

    8.4K
    SHARES


    काठमाडौं।  युक्रेनको सैनिक गुप्तचर निकायले युक्रेनमा अर्का एक रुसी सैनिक जर्नेल मारिएको दाबी गरेको छ । रुसी घेराबन्दीमा परेको पूर्वी शहर खार्किभमा रुसी सेनाको ४१ औं आर्मीका प्रथम उप–कमाण्डर मेजर जनरल भिताली गेराशिमोभको मृत्यु भएको युक्रेनी दाबी छ ।

    उनी सोमबार मारिएको युक्रेनको गुप्तचर निर्देशनायले जनाएको हो । यसअघि युक्रेनले फेब्रुअरी महिनाको अन्त्यतिर ४१ औैं आर्मीकै उप–कमाण्डर मेजर जनरल आन्द्रेई सुखोभेत्स्की मारिएको दाबी गरेको थियो ।

    शनिबारमात्रै युक्रेनमा स्पार्टा बटालियन भन्ने रुस समर्थक कुख्यात नव नाजी लडाकु समूहका युद्धसरदार भ्लादिमिर जोगाको पनि पूर्वी शहर भोल्नोभ्कामा गोली हानी हत्या भएको थियो ।

    रुसले आफ्नो मुलुकमा सैनिक आक्रमण गरेयता ११ हजार रुसी सैनिक मारिएको युक्रेनी पक्षको दाबी छ । यता रुसले भने हालसम्म आफ्ना ५ सय भन्दा कम सैनिक मात्रै मारिएको दाबी गरेको छ । यद्यपि दुबै दाबीको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन ।

    युक्रेनबाट २० हजारभन्दा बढी नागरिक टर्की पुगे
    युक्रेनमा रुसले सैन्य हमला गरेपछि यहाँका नागरिकहरु भागेर विदेशिएका छन् । त्यस क्रममा २० हजार जना भन्दा बढी युक्रेनी नागरिक भागेर टर्की पुगेका बताइएको छ ।

    टर्कीका अधिकारीहरुले दिएको जानकारीअनुसार आइतबार सम्ममा युक्रेनबाट भागेर २० हजार ५५० जना नागरिक टर्की पुगेका छन् ।

    रुसले युक्रेनमाथि गएको फेब्रुअरी २४ मा सैन्य हमला गरेको थियो । त्यसपछि आक्रमणको त्रासले यहाँबाट नागरिक भाग्ने क्रम सुरु भएको थियो ।

    त्यसै क्रममा गएको फेब्रुअरी २४ देखि आइतबारसम्ममा २० हजार ५५० जना युक्रेनी नागरिक टर्की पुगेका बताइएको छ ।

    टर्कीको आन्तरिक मामिलासम्बन्त्री मन्त्रालयका अनुसार हाल युक्रेनी नागरिकलाई टर्की प्रवेश गर्नका लागि प्रवेशाज्ञा नचाहिने भएको छ ।

    उनीहरु राहादानी तथा परिचय पत्रका आधारमा त्यहाँ प्रवेश गर्न सक्ने भएका छन् । त्यसैले पनि यता युक्रेनमा रुसी हमलाबाट तर्सिएका नागरिक टर्की तथा अन्य छिमेकी मुलुकतर्फ भागेका हुन् ।

    रुसले अहिले पनि युक्रेनका विभिन्न सहरमा हमला जारी नै राखेको छ । यहाँ सयौँ सैनिक तथा गैरसैनिक नागरिक मारिएका छन् ।

    यहाँ अहिले पनि आक्रमण जारी नै रहेकाले मानवीय संकटको अवस्था देखिएको छ । त्यसकारण पनि सहयोगको खोजीमा यहाँका नागरिक बाहिरिएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +



    प्रतिक्रिया