• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    पत्रपत्रिका

    एकीकृत समाजवादीका यी ३ मन्त्रीको पद चैट, यस्तो रहेछ कारण

    1K
    SHARES


    काठमाडौँ। नेकपा एकीकृत समाजवादीले केही मन्त्रीलाई फिर्ता बोलाएर केही नेतालाई मन्त्री बनाउने तयारी थालेको छ ।

    आधा कार्यकालका लागि मात्रै मन्त्री भएकाहरुलाई फिर्ता बोलाएर उनीहरुको ठाउँमा मन्त्री हुन बाँकी रहेका मेटमणी चौधरी, जीवनराम श्रेष्ठ लगायतका सांसदलाई मन्त्रीमा पठाउने तयारी गरेको हो ।

    बिहिबार बसेको सत्ता गठबन्धनको बैठकमा पनि केही मन्त्री फिर्ता बोलाएर अरु नेताहरुलाई मन्त्री बनाउनेबारे छलफल भएको स्रोतले जनाएको छ ।

    एकीकृत समाजवादीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउने बताएपछिअन्य पार्टीले पनि यो विषयमा सहमति जनाएका थिए ।

    सरकारमा रहेका चारवटै पार्टीले आफ्ना केही मन्त्रीलाई फिर्ता बोलाउन लागेका हुन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले यस अघि नै मन्त्रीहरुलाई आधा कार्यकालका लागि मात्रै नियुक्त गरिएको भन्दै केही सांसदलाई थुम्थुम्याएको थियो ।

    स्थानीय तहको निर्वाचन अगावै वा निर्वाचन आचारसंहिता लाग्नु अगावै मन्त्रिपरिषद पुर्नगठन हुने स्रोतको दावी छ । बिहीबारको गठबन्धनको बैठकमा यो विषयले निकैबेर चर्चा पाएको र कुन मन्त्रीले के कस्तो काम गरिरहेका छन् भन्ने बारेमा पनि छलफल भएको स्रोतले जनाएको छ।

    नेकपा एकीकृत समाजबादीबाट गएका मन्त्रीलाई फिर्ता बोलाउने विषयमा चर्चा हुँदा मन्त्रिमण्डल पुर्नगठन गर्नुपर्ने विषयले प्राथमिकता पाएको थियो । एकीकृत समाजवादी पार्टीबाट विरोध खतिवडा, रामकुमारी झाक्री, प्रेम आले, किसान श्रेष्ठ, भवानी खापुङ मन्त्री भएका छन् ।

    त्यस्तै एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले अध्यक्ष माधव कुमार नेपालको राजनीतिक प्रतिवेदन पारित गरेको छ ।

    सोमबार काठमाडौँमा बसेको बैठकले राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्ययोजनासहितको अध्यक्षको प्रतिवेदन पारित गरेको हो ।

    बैठकमा ३७ जना पोलिटब्यूरो सदस्यहरुले राखेका सुझावलाई समेत समेटेर परिमार्जन गर्ने निर्णय भएको नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

    उनले उक्त प्रतिवेदन आगामी फाल्गुन २५ गतेबाट सुरु हुने केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिने बताए । उनले पार्टी अब आसन्न स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुने जानकारी दिए।

    राजनीतिक प्रतिबेदनमा एमसीसी मुलुकको हित अनुसार अघि बढाइएको, गठबन्धनको रक्षा लगाएतका विषय तथा निर्वाचन केन्द्रीय कार्ययोजना रहेको उनको भनाइ छ ।

    एमसीसीलाई संसदबाट अनुमोदनपश्चात सम्मानित नेता झलनाथ खनालसहितका नेताको असन्तुष्टि समाधानका लागि नेपालको प्रतिवेदनमा समेटिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ