• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    काठमाडौँको नागार्जुनमा घट्यो अनौठो घटना

    1K
    SHARES


    काठमाडौँ।  ‘सुसाइड’ नोट लखेर काठमाडौंमा एकै परिवारका पाँचजनाले आत्म ह त्याको प्रयास गरेका छन् । जसमध्ये एकजनाको मृत्यु भएको छ । काठमाडौंको नागर्जुन नगरपालिका–६, रामकोटमा हिजो साँझ एकै परिवारका पाँचजना बेहोस अवस्थामा फेला परेका हुन् ।

    महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी सुदिप गिरीका अनुसार उनीहरु भाडाको फ्ल्याटमा बस्दै आएका थिए । राति भइसकेकाले उनीहरुको बारेमा विस्तृत विवरण संकलन गर्न नसकिएको उनले बताए ।

    मृत्यु हुनेमा रामकोट बस्ने ३३ वर्षीय सुवर्णमान प्रधान छन् । श्रीमान–श्रीमती, छोरा, आमा र भतिजो बेहोस अवस्थामा फेला परेका हुन । घटनास्थलमा विषाक्त औषधिको बट्टा फेला परेकाले उनीहरुले आत्महत्याको प्रयास गरेको हुनसक्ने प्रहरी प्रारम्भीक अनुमान छ ।

    बहोस अवस्थामा रहेका अन्य चारजनाको मनमोहन अस्पताल, सीतापाइलामा उपचार भइरहेको छ । घटनास्थलबाट प्रहरीले ‘सुसाइड’ नोटसमेत बरामद गरेको छ । जहाँ उनीहरुले पछिल्लो एक साताको दैनिकी लेखेका छन् ।

    आर्थिक संकटमा परेर उनीहरुले आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुमान छ ।एसएसपी गिरीले भने,“ सुसाइड नोट अध्ययन गर्छौं ।  विस्तृत अध्ययनपछि केही खुल्नसक्छ ।

    अहिले धेरैकुरा भन्न मिल्ने अवस्था छैन ।” घटनाबारे जानकारी पाएपछि एसएसपी गिरी आफैं घटनास्थल पुगेका थिए । प्रहरीका अनुसार ‘सुसाइड’ नोटमा आर्थिक कुराहरु बारे पनि केही लेखिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ