• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    खेलकुद समाचार

    श्रीलंकन नेभीमाथि नेपालको फराकिलो जित

    825
    SHARES


    काठमाडौँ।  विश्वकप क्रिकेट लिग-२ को अन्तिम तयारीका क्रममा श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टिमले पहिलो अभ्यास खेलमा श्रीलंका नेभीलाई १११ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

    नेपालले दिएको २ सय १५ रनको लक्ष्य पछ्याएको श्रीलंकन नेभीले २८.५ ओभरमा सबै विकेट गुमाएर १०३ रनमात्रै बनाउँन सक्यो।

    श्रीलंका नेभीका लागि एम मधुशंकाले ३९ रनबाहेक अन्यको प्रदर्शन गतिलो रहेन । नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ तथा ज्ञानेन्द्र मल्ल र विक्रम सोबले दुई–दुई विकेट लिए ।

    यस्तै सागर ढकाल, कमल सिंह ऐरी र करण केसीले एक–एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३७.१ ओभरमा सबै विकेट गुमाएर२ सय १४ रन जोड्यो ।

    नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ४३ रन जोडे। यस्तै ओपनर आशिफ शेखले ३६, विनोद भण्डारी २२ र करण केसीले १६ रन जोडे।

    त्यसबाहेक कमल सिंह ऐरीले १५, कुशल भुर्तेलले १३, रोहित पौडेलले १३, सागर ढकालले १३, कप्तान सन्दीप लामिछानेले ११, विक्रम सोबले ११ रन जोड्दा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले २ रनमात्रै जोड्नसके। श्रीलंका नेभीका लागि ए अकुरुगोडाले सर्वाधिक ४ तथा अवादतले ३ विकेट हात पारे ।

    अभ्यास खेलका क्रममा श्रीलंकामा नेपाली टोलीले त्यहाँको ए क्लास टोलीसँग ४ अभ्यास खेल खेल्दैछ । श्रीलंकाबाट १४ मार्चमा नेपाली टोली विश्वकप लिग २ खेल्न यूएई प्रस्थान गर्नेछ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ