• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights अन्तराष्ट्रिय

    मोदी र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच टेलिफोन वार्ता, के भयो कुराकानी ?

    1K
    SHARES


    काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले रूसले आक्रमण जारी राखेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग कुराकानी गरेका छन्। सोमबार मोदीले राष्ट्रपति जेलेन्स्कीसँग कुराकानी गरेको भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले जानकारी दिएका छन्।

    उनले एक विज्ञप्ति जारी गर्दै दुई जनाबीच कुराकानी गरेको उल्लेख गरेका हुन्। राष्ट्रपति जेलेन्स्कीले प्रधानमन्त्री मोदीलाई रूस-युक्रेनबीच जारी द्वन्द्वबारे विस्तृत जानकारी दिएको बाग्चीले जानकारी दिएका छन्।

    यस्तै युक्रेन र रूसबीच भइरहेको वार्ताबारे पनि कुराकानी गरेका थिए। मोदीले युद्ध र त्यसबाट उत्पन्न भएका मानवीय संकटबारे पनि चासो राखेका थिए। उनले भारत सधैँ दुईपक्षीय वार्ताबाट शान्तिपूर्ण समाधान निकाल्नुपर्ने पक्षमा रहेको स्पष्ट समेत पारेको विज्ञप्तिमा उल्लेख छ।

    २० हजार भारतीय नागरिकहरूलाई युक्रेनबाट निस्किन सहजीकरण गरिदिएको भन्दै प्रधानमन्त्री मोदीले युक्रेनी अधिकारीहरूलाई धन्यवाद दिएका थिए। युक्रेनमा रहेका विद्यार्थीहरूको सुरक्षा र उनीहरूको उद्धार गर्नेबारे पनि चासो व्यक्त गरेका थिए।

    यसैबीच रूसले युक्रेनको राजधानी कीभ, मारिउपोल, खार्किभ, सुमी शहरहरू छाड्न चाहनेहरूकालागि भन्दै युद्धविरामको घोषणा गरेको छ । रुसी फौजले ती शहरहरुमा स्थानीय समयअनुसार बिहान १० बजे देखि युद्धविराम घोषणा गरेको हो ।

    युक्रेनमा मानवीय प्रतिक्रियाका लागि अन्तरविभागीय समन्वयको कार्यालयलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएअनुसार विपत्तिजनक मानवीय अवस्था र कीभ, खार्किभ, सुमी र मारिउपोल शहरहरूमा यसको तीव्र उग्रतालाई ध्यानमा राख्दै युद्धविराम घोषणा गरिएको हो ।

    फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोंले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई व्यक्तिगत रूपमै अनुरोध गरेका कारण युद्धविराम घोषणा गरिएको रुसी पक्षको भनाइ छ ।

    रुसी पक्षले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसी सशस्त्र सेनालाई मानवीय उद्देश्यका लागि युद्धविराम घोषणा गर्न निर्देशन दिएको जनाएको छ । २४ फेब्रुअरीमा रुसी फौजले युक्रेनमा सैनिक कारवाही थालेयता त्यहाँ भिडन्त जारी छ ।

    केही दिनअघिमात्रै दुई मुलुकले मारिउपोल शहरमा युद्धविराम गरी शहर छाड्न चाहनेहरूका लागि सुरक्षित मार्गको व्यवस्था गर्ने सहमति गरेका थिए । यद्यपि सो क्षेत्रमा रुसी आक्रमण नरोकिएको युक्रेनी दाबी छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ