• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रचण्डले भने- स्थानीय तह निर्वाचन वैशाख ३० मै हुन्छ

    478
    SHARES


    काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गते नै हुने बताएका छन् ।

    अहिलेको परिस्थितिको विश्लेषण गर्दा वैशाखको स्थानीय चुनाव सर्ने अवस्था नरहेको बताए । यद्यपि प्रतिनिधिसभा विघटनको चर्चा चलिरहे पनि नतिजा त्यसतर्फ गइनसकेको बताए ।

    यसअघि नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले आइतबार स्थानीय तहको निर्वाचन सार्नेबारे छलफल भइरहेको बताएका थिए ।

    प्रचण्डले संसद निरन्तर अवरोध भइरहे विघटनको विकल्पमा जान सकिने भने बताए । तर, प्रधानमन्त्री शेरबहादुर देउवा विघटनतिर जानेबारे सकारात्मक नभएको प्रचण्डको भनाइ छ । प्रचण्डले चुनाव वैशाख ३० मै हुने भएकाले तयारीमा होमिनुको विकल्प नभएको बताए ।

    यस्तै प्रचण्डले महाधिवेशनपछि केन्द्रीय कमिटी विस्तार फलामको चिउरा जस्तै भएको बताएका छन् । सोमबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले विधानअनुसार समानुपातिक, समावेशी क्लस्टर मिलाउनुपर्दा केन्द्रीय कमिटी बनाउन फलामको चिउराजस्तै भएको बताएका हुन् ।

    ‘केन्द्रीय समिति चयन फलामको चिउरा जस्तै भयो । सिनियर छुट्ने, जुनियर आउने देखियो’, अध्यक्ष प्रचण्डले बैठकमा यसअघि २४७ सदस्यीय केन्द्रीय समिति आयोगमा बुझाए पनि बाँकी संख्या चयन गर्न कठिन भएको हो ।

    त्यसक्रममा उनले २९९ र मनोनित गर्ने ४५ जना गरी ३४४ जनाको केन्द्रीय कमिटी बनाउन समस्या भएको बताए ।

     

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ