• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    मौसम पूर्वानुमान : यी दुई स्थानमा हिमपातको सम्भावना

    566
    SHARES


    काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले आज देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी मौसम पूर्वानुमानमा देशको पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहेको जानकारी दिइएको छ ।

    सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ । यस्तै, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

    त्यसैगरी, राति देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी र सुदुर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको संभावना छ।

    फागुन लागेसँगै तराइमा हल्का गर्मि बढेको छ भने पहाडी भूभागमा अझै पनि चिसो भइरहेको छ । फागुनको अन्तिम साता सुरु भइसक्दा पनि देशका केही भूभागमा हिमपात हुने गरी मौसममा बदलाभ आएको छ । बिगतका वर्षहरुमा माघपछि खासै हिमपात हुने गरेको थिएन ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ