• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    प्रधानन्यायाधीश राणाविरूद्धको महाअभियोगमा संसदले बनायो ११ सदस्यीय समिति

    354
    SHARES


    काठमाडौँ । प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध परेको महाअभियोग प्रस्ताव सम्बन्धमा ‘महाभियोग सिफारिस समिति’ गठन गरेको छ ।

    प्रतिनिधिसभाको आइतबारको बैठकले महाभियोग सिफारिस समिति गठन गर्ने प्रस्ताव बहुमत स्वीकृत गरेको हो । समितिमा संसद् अवरोध गरिरहेको प्रमुख प्रतिपक्षी दल एमालेका प्रतिनिधि पनि छन् । प्रधानन्यायाधीश जबराविरुद्ध फागुन १ महाभियोग प्रस्ताव दर्ता भएको थियो ।

    बैठकमा सरकारले ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एकतिसौं वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ प्रतिनिधिसभा बैठकमा पेस गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सो प्रतिवेदन पेस गरेका हुन् ।

    बैठकमा सभामुख सापकोटाले बलात्कारको अभियोगमा पक्राउ परेका सांसद मोहन बानियाँको बाँके जिल्ला प्रहरी कार्यालयले पठाएको पत्र पनि पढेर सुनाएका थिए ।

    प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ