• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुस-युक्रेन युद्ध चलिरहेका बेला चीनले चाल्यो यस्तो कडा कदम

    2.2K
    SHARES


    काठमाडौँ। रुस-युक्रेन युद्ध चलिरहेका बेला यता चीनले अर्को कडा कदम चालेकू छ। चीनले शनिबार सार्वजनिक गरेको बजेट प्रस्तावको मस्यौदामा सन् २०२२ मा ७।१ प्रतिशतले बढाएर २२९.५ अर्ब अमेरिकी डलर पु¥याउने भएको छ ।

    चीनको विधायिकाको सर्वोच्च निकायले वार्षिक अधिबेशनको उद्घाटनमा बजेटको मस्यौदा जारी गरेको हो ।“राष्ट्रिय रक्षा खर्चमा २२९.५ अर्ब अमेरिकी डलर छुट््याइएको हो । यो अघिल्लो बर्षको तुलनामा ७.१ प्रतिशतको वृद्धि हो ।” एक अर्को सरकारी प्रतिवेदनमा जानकारी गराइए अनुसार सन् २०२२ मा चीनले सैन्य शिक्षा र युद्ध प्रशिक्षण बढाउने बताएको छ ।

    संयुक्त राज्य अमेरिकापछि चीनको विश्वकै दोस्रो सबैभन्दा उच्च सैन्य बजेट छ र यसले आफ्नो किनाराभन्दा बाहिर शक्ति विस्तार गर्न लामो दूरीका हतियार, सफल आणविक क्षेप्यास्त्र तथा अन्य हतियारहरूमा लगानी गरिरहेको अमेरिकी समाचार संस्था वाशिङ्गटन पोस्टले बताएको छ । सन् २०२१ को मार्चमा चीनले २०९ अर्ब अमेरिकी डलर रक्षा बजेट घोषणा गरेको थियो । यो अघिल्लो बर्षको तुलनामा ६.८ प्रतिशतले वृद्धि हो । यो सन् २०२० मा भएको ६.६ प्रतिशत वृद्धिभन्दा बढी थियो ।

    कस्ता हतियार प्रयोग हुँदैछन् युक्रेनमा?
    सेप्टेम्बर २०२० मा सुरु भएको अजरबैजान र अर्मेनियाबीचको ४४ दिने युद्धलाई हेरेर प्रविधिका कारण लडाइँको प्रकृति नै बदलिएको निष्कर्ष सैन्य विश्लेषकहरुले निकालेका थिए। टर्कीबाट खरिद गरेको ड्रोन अजरबैजानको जितका लागि निर्णायक साबित भएको थियो। जसले अर्मेनियाको हवाई प्रतिरक्षालाई ध्वस्त तुल्याएको थियो।

    तथापि रुसले युक्रेनको लडाइँमा अत्याधुनिक हतियारको प्रयोग गरेको छैन। युद्धको पहिलो दिन रुसले युक्रेनी सेनाको हवाई प्रतिरक्षा प्रणाली ध्वस्त पार्न क्रुज क्षेप्यास्त्र, ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको थियो। रुसले प्रहार गरेका ती हतियार छोटो र मध्यम दुरीको भएको बताइएको छ।

    सडकमा रुसी फौजले टी–७२ ट्यांक, बख्तरबन्द गाडी प्रयोग गरेको पाइएको छ। पैदल सैनिकले भने कलानिस्कोव राइफलका विभिन्न भेरियन्ट बोकेका छन्।रुसले २७एम माल्का नामक हावित्जर तोप पनि प्रयोग गरेको छ। हेलिकोप्टरमा एमआई८ र केए–५२ प्रयोग भएका छन्।

    रुसले निकै डरलाग्दो मानिएको टीओएस–१ नामक थर्मोब्यारिक रकेट पनि युक्रेनमा पुर्याएको बताइएको छ। भ्याकुम बम भनिने यसको गोलाले वरिपरिको अक्सिजन समेत सोसेर भयानक विस्फोट र ज्वाला उत्पन्न गर्ने गर्छ।तर, रुसले आफ्नो मुख्य शक्तिलाई सिधा लडाइँमा नहोमेको कफम्यान बताउँछन्।

    ‘सत्य के हो भने रुसी सेनाको ठूलो हिस्सा अझै लडाइँमा प्रवेश गरेको छैन। उसले आफ्नो धेरैजसो क्षमता प्रयोग गरेको छैन। लडाइँको चौथो दिनमा पनि रुसले आफ्नो रणनीतिक विमानहरु प्रयोग गरेको छैन,’ उनी भन्छन्, ‘केही एसयू–२५ बाहेक अरु सबै लडाकु विमान युद्धमा प्रयोग भएका छैनन्, त्यस्तै, लडाकु हेलिकोप्टर पनि प्रयोग गरिएको छैन। रुसी वायु सेना यो लडाइँमा देखिएकै छैन।’ युक्रेनले भने बेलायतले दिएको ज्याभेलिन एन्टिट्यांक गाइडेड मिसाइल, स्टिन्जर क्षेप्यास्त्र, टीबी२ ड्रोन, १५२ को तोप लगायत हतियार प्रयोग गरिरहेको छ।

    आउँदो तुफान
    सोमबार बेलारुसमा रुस र युक्रेनबीच वार्ता भएको थियो। पाँच घण्टा लामो वार्ता बिनाकुनै निष्कर्ष टुंगिएको छ। युक्रेनले युद्धविराम गरेर रुसी फौज फिर्ता हुनुपर्ने बताएको छ भने रुसले युक्रेनको तटस्थता, निशस्त्रीकरण र नाजीविहीनता तथा क्रिमियामा रुसी स्वामित्व स्वीकार गर्नुपर्ने सर्त राखेको छ। बुधबार पोल्यान्ड र बेलारुसको सीमामा दोस्रो चरणको वार्ता हुने बताइएको छ। तर, वार्ताप्रति दुवै पक्ष आशावादी देखिँदैनन्।

    यही बीचमा रुसले आक्रमणको तयारी अझ बढाएको छ। बेलारुसबाट प्रवेश गरेको रुसी सवारीको ६४ किलोमिटर लामो लस्कर राजधानी किभबाहिरसम्म पुगेको छ। मंगलबार किभको उत्तरपश्चिमी भेगमा ठूलो रुसी फौज जम्मा भएको देखिन्छ। जो राजधानी सहरलाई पुरै घेर्न तम्तयार देखिन्छ। दक्षिणी भेगमा रुसले कब्जा गरेको क्षेत्रफल फैलिँदै गएको छ। दोस्रो ठूलो सहर खार्कोवमा सोमबार गोलाबारीमा परी ११ सर्वसाधारणको ज्यान गएको छ। मंगलबार त्यहाँ सडकमै आमनेसामने लडाइँ चलेको छ।

    अमेरिकाले जहिले पनि युद्धमा आफ्ना महंगा विमानको सहायताबाट हवाई प्रभुत्व स्थापित गर्छ। त्यो महंगो हुने भएकाले रुस गोलाबारीमा बढी निर्भर रहने गर्छ। त्यसैले रुसी सैन्य कारबाहीको मुख्य पहिचान भनेको भीषण गोलाबारी हो। त्यसका लागि रुसी सेनाले मल्टिपल रकेट लन्च सिस्टम (एमएलआरएस) बढी प्रयोग गर्छ। दुश्मन एक ठाउँमा केन्द्रित भएको अवस्थामा त्यो पुरै क्षेत्रलाई निसाना बनाउन यो हतियार प्रयोग गरिन्छ। लडाइँको पहिलो दिन रुसले सूक्ष्म निसाना लगाउने क्षेप्यास्त्र प्रहार गरेको थियो। तर, सिंगो क्षेत्रलाई ध्वस्त बनाउने क्लस्टर बम र एमएलआरएसको प्रयोगले रुसी लडाइँको तरिका बदलिँदै गएको देखिन्छ।

    अझ सहरी क्षेत्रमा यस्तो हतियार प्रयोग हुनुको अर्थ हो– बढी क्षति। यी हतियार रुसले चेचेन्या र सिरियामा पनि प्रयोग गरिसकेको छ। यदि रुसले २८ लाख जनसंख्या भएको राजधानी किभ घेरा हालेर बिजुली र खाद्यान्न ठप्प गरिदियो भने त्यो सहर कति समय टिक्छ, अहिले भन्न सकिने अवस्था छैन। रुसी रक्षा मन्त्रालयले किभका बासिन्दालाई सहर छाड्न भनिसकेको छ।

    पुटिनको भविष्य धेरै हदसम्म युक्रेनको लडाइँमा निर्भर छ। त्यसकारणले पनि रुस सानोतिनो प्रतिरोधबाटै युक्रेनबाट पछि हट्ने सम्भावना देखिँदैन। युद्ध लम्बिँदै जाँदा आक्रमण सघन हुने र त्यसले झन् धेरै मानवीय र भौतिक क्षति निम्त्याउने सम्भावना देखिन्छ। युद्धको पाँचौँ दिन हेर्दा ठूला परिवर्तन देखिँदैछन्,’ कफम्यान लेख्छन्, ‘रुसी सेना आपूर्ति व्यवस्थित गर्दैछ र पुनर्संठित हुँदैछ। युक्रेनको सेनाले निकै राम्रो काम गरेको छ। तर, मलाई लाग्छ, आगामी दिनमा रुसको एकदम अलग तरिका हामी देख्नेछौँ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ