• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुसबाट आएको यस्तो खबरले विश्वभर तरंग

    1.8K
    SHARES


    काठमाडौँ । रुसबाट आएको एउटा खबरले विश्वभर खुशीयाली छाएको छ । छिमेकी युक्रेनमाथि आक्रमण गरेको दशौं दिनमा रूसले युद्धविराम घोषणा गरेपछि विश्वभर खुशीयाली छाएको हो ।

    रूसी समाचार संस्था स्पुतनिकका अनुसार मानवीय सहायताका लागि शनिबार जिएमटी (ग्रिनविच मिन टाइम) अनुसार ६ बजेदेखि युद्धविराम भएको छ।

    यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो।

    अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन्। रूसले अघिल्लो बिहीबार युक्रेनमाथि जमिन र आकाशबाट तीनतिरबाट आक्रमण गरेको थियो।

    त्यस्तै, अमेरिकी प्रविधि कम्पनी गुगलले रुसमा सम्पूर्ण विज्ञापन बन्द गरेको घोषणा गरेको छ । छिमेकी युक्रेनमाथि सैन्य हमला गरेपछि रुसमाथि प्रतिबन्ध लगाउँदै गुगलले विज्ञापन सेवा बन्द गरेको घोषणा गरेको हो ।

    रुसमा सबै प्रकारका विज्ञापन बन्द गरेको घोषणा गर्दै कम्पनीले भन्छ, ‘हामी रुसमा गुगल एड बन्द गर्न गइरहेका छौं । हामी यसपछि हुने आफ्नो निर्णय पनि सबैलाई जानकारी दिने छौं ।’

    कम्पनीको यो निर्णयले रुस भित्र बज्ने सम्पूर्ण विज्ञापनलाई समेट्ने छ । युट्युबमार्फत हुने प्रसारण समेत यही निर्णयबाट रोकिने गुगलले जनाएको छ ।

    गुगलको यो कदमले रुसभित्र रहेका ठूलो प्रविधि प्लेटफर्मले आफ्नो सेवा बन्द गर्ने तयारीमा रहेको समेत देखाएको छ । यस्तै, रुसमा सञ्चालनमा रहेका ठूलो प्रविधि कम्पनीले निरन्तर सेवा बन्द गर्दै आइरहेका छन् ।

    यद्यपि, रुसी सरकारले यस अघि नै अमेरिकी प्रविधि कम्पनीहरूमाथि प्रतिबन्धको घोषणा गरिसकेको छ । रुसले युट्युब, गुगल, फेसबुक र ट्वीटरजस्ता प्रविधि कम्पनीमाथि आफ्नो देशमा प्रतिबन्धको घोषणा गरिसकेको छ ।

    यता, रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा सिंगापुरले पनि प्रतिबन्धको घोषणा गरेको छ । सिंगापुरले रुसबाट सामान आयातमा सीमा लगाउने र केही रुसी बैंकमा पनि प्रतिबन्ध लगाउने बताएको छ।

    यसबाहेक सिंगापुरले रुस र रुसको केन्द्रीय बैंकसँग सहकार्य गर्न सक्ने कुनै पनि वित्तीय संस्था र क्रिप्टोकरेन्सी कारोबारमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

    सिंगापुरका विदेशमन्त्री भिभियन बालाकृष्णनले यसअघि संसदमा भनेका थिए, ‘सिङ्गापुरले रुसविरुद्ध उचित प्रतिबन्ध लगाउन समान विचारधारा भएका देशसँग मिलेर काम गर्ने लक्ष्य राखेको छ ।

    क्षेत्रीय छिमेकीहरू माझ प्रतिबन्ध लागू गर्ने पहिलो देश सिंगापुर हो । तथापि, आसियानका अन्य सदस्य राष्ट्रहरूले रुसको कार्यको निन्दा गरेका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ