• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पल शाह प्रकरणमा बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

    1.1K
    SHARES


    काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पल शाह प्रकरणबारे टिप्पणी गर्दै न्यायिक फैसला सबैले मान्नुपर्ने बताएका छन् ।

    उनले ‘मर्दकी दशवटी’ भन्ने मानसिकता बोकेर पीडकको पक्ष लिनु लज्जास्पद भएको बताएका छन् । ट्वीटरमार्फत टिप्पणी गर्दै उनले न्यायिक फैसलाको सम्मान गर्न आग्रह गरेका हुन् ।

    अदालती प्रक्रियालाई प्रभावित पार्ने गरी तनहुँ सदरमुकाम दमौलीमा पल शाह पक्षधरको दिनहुँ भइरहेका प्रदर्शन र सामाजिक सञ्जालमा टिप्पणी भइरहँदा भट्टराईको यस्तो भनाइ आएको हो ।

    यस प्रकरणमा मानवअधिकारवादी, सेलिब्रेटी र सार्वजनिक वृत्तबाट समेत भनाइहरु बाहिर आएका छन् । एक नाबालिकामाथि जबरजस्ती करणीको अभियोगमा पल शाह जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा छन् । उनलाई अदालतले अभियोगबारे बयान लिइरहेको छ ।

    समिक्षाको पक्षमा बोल्न थाले अभिनेत्रीहरू
    पल शाह प्रकरणमा मौन रहँदै आएका अभिनेत्रीहरु बिस्तारै खुल्न थालेका छन् । यस्तैमा अभिनेत्री प्रियंका कार्कीले पल बिरुद्ध उजुरी दिने नाबालिग गायिकाको समाजले चरित्र हत्या गर्नु गलत भएको बताएकी छन् ।

    उनले पीडितको चरित्रमा प्रश्न उठाउनु समेत गलत भएको धारणा राखेकी छन् । प्रियंकाले सामाजिक सञ्जालमा एक स्टाटस पोस्ट गर्दै पीडितको विपक्षमा आवाज उठाउने दिदी बहिनीको समेत आफुले सम्मान गर्ने बताइन् ।

    ‘दुखको कुरा, हामी यस्तो समाजमा बाँचेका छौँ, जहाँ पीडितले म पीडित हुँ’ भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ’ कार्कीले भनिन् ‘यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी–बहिनीहरुको म भित्री आत्मादेखि नै कदर गर्दछु ।’

    नेपालमा रहेको नाबालिगको हकको कानुन उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र नभएर विश्वका धेरै देशमा भएको जानकारी दिँदै उनले विश्वका सबै देशमा, आफ्नो परिवेश अनुसार,उमेर नपुगेकाहरुले ‘निर्णय लिन सक्ने क्षमता’लाई ध्यानमा राखेर यस्तो कानुन बनाएको बताएकी छन् ।

    नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो’ उनले अगाडि थपिन् ‘यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन ।’

    दोषी र निर्दाेष छुट्टाउने कर्तब्य कानुनको भएकोले कानुनलाई निष्पक्ष काम गर्न दिनु हामी सबैको कर्तब्य भएको समेत उनको धारणा रहेको छ ।

    मंगलबार सार्वजनिक रुपमा अभिनेत्री रेखा थापाले बालिका कानुनतः सबै प्रकारको सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्ने भएकाले उनीहरूको संरक्षण गर्नुपर्र्ने बताएकी थिइन् ।

    ‘२० वर्षमुनिका छोरीहरु बालिका हुन् । बालिका कानुनतः सबै प्रकारका सुरक्षा र अभिभावकत्व प्राप्त गर्ने अधिकार राख्दछन् । समाजको भूमिका उनीहरुलाई संरक्षाण गर्ने हो,’ आफ्नो आधिकारिक फेसबुक पेजमा अभिनेत्री रेखा लेख्छिन्, ‘को सँग लभ छ रु कति पटक यौ’न सम्पर्क भयो रु यस्ता नैतिकतावादी कुराको कानुनलाई मतलव हुनुहुँदैन । समाजको आडम्बर त कुरा गरी साध्य छैन ।

    केटी मान्छे भनेपछि दुनियाँ भरी कतै नभएका नैतिक मापदण्ड र हिलो छ्याप्ने चलन लज्जाजनक रुपमा नेपालमा व्याप्त छ ।’ रेखाले नाबालिगको संरक्षण गर्नुपर्ने बताएको केही घण्टापछि अर्की अभिनेत्री ऋचा शर्माले पनि नाबालिगको संरक्षण कानुनको सम्मान रहेको बताएकी छन् ।

    मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र हत्या गर्न सक्दैन मेरो समाजले । नाबालिगको संरक्षण, कानुनको सम्मान हो,’ ऋचाले आफ्नो आधिकारिक फेसबुक पेजमा लेखेकी छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ