• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

    813
    SHARES


    काठमाडौं।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक निर्धारित समयभन्दा २ घण्टा ढिला गरी राष्ट्रियसभा गृहमा सुरु भएको छ ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) केहीबेर अघि राष्ट्रिय सभागृह पुगेसँगै बैठक शुरु भएको हो।

    बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अनुमोदनमा पार्टीले लिएको निर्णय र पदाधिकारी चयन लगायतबारे छलफल हुने जनाइएको छ।

    माओवादीले महाधिवेशन सम्पन्न गरेको लामो समय बितिसक्दापनि पदाधिकारी चयन गर्न सकेको छैन।

    एमसीसी सम्झौता प्रतिनिधिसभाबाट पारित भएसँगै माओवादीमा विवाद बढेको छ। माओवादी नेता नारायणकाजी श्रेष्ठ लगायत असन्तुष्ट नेताहरू छुट्टै छलफलमा छन्।

    त्यस्तै अध्यक्ष प्रचण्डले सभामुख अग्निप्रसाद सापकोटालाई महाअभियोगबाट हटाउन सक्ने अवस्था नरहेको बताएका छन् । केन्द्रीय कमिटीको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

    एमालेले सभामुखलाई हटाइनुपर्ने धारणा राख्दै आएको सन्दर्भमा प्रचण्डले एमालेले महाभियोग नै लगाएपनि हटाउन सक्ने अवस्था नरहेको बताएका हुन् ।

    ‘अहिलेकै अवस्थामा सभामुख हट्ने अवस्था छैन । महाभियोग लगाइहाले पनि उहाँकै विषयमा चर्चा गर्ने बेलामा संसदको अध्यक्षता उहाँले गर्नुहुन्न । बाँकी बेलामा संसदको अध्यक्षता गर्न उहाँलाई संविधान र कानुनले कहीँ बन्देज लगाएको छैन’, प्रचण्डले भने, ‘यसकारण सभामुख हट्न सक्ने अवस्था भएन ।’

    जटिल अवस्थामा संसदको प्रक्रिया अघि बढेको भएपनि एमालेले विगतमा दुई पटकसम्म संसद विघटन गरेको भन्दै प्रचण्डले अहिले पनि संसदको औचित्य छैन भन्ने सावित गर्न पनि अवरोधमा लागिरहेको बताए ।

    प्रचण्डले एमसीसीमा अप्रत्यक्ष रुपमा एमालेले विरोध गरेजस्तो गरेपनि पारित भने गर्न दिएको बताए । सदनको अवरोध हटाउने कुरा र विपक्षीको अराजनीतिक गतिविधिलाई दवाव बढाउन जरुरी रहेको पनि प्रचण्डले बताएको एक नेताले बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ