• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Corona Update समाचार

    २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि

    1K
    SHARES


    काठमाडौँ। पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा दुई हजार ४४८ जनाको पिसीआर परीक्षण गर्दा ७० जना र दुई हजार ४७६ जनाको एन्टिजेन परीक्षण गर्दा ३५ गरी सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।

    काठमाडौँमा १८, भक्तपुरमा दुई र ललितपुरमा पाँच गरी काठमाडौँ उपत्यकामा २५ कोभिड सङ्क्रमित थपिएका छन् । योसँगै काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार २९० पुगेको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३२० कोरोना सङ्क्रमणमुक्त भएका छन । त्यसैगरी हाल सात हजार ५१७ सक्रिय सङ्क्रमित रहेका छन् ।

    तीमध्ये सात हजार ३४९ होम आइसोलेशनमा रहेका छन् भने १६८ जना संस्थागत आइसोलेशनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६१ आइसीयु र नौ जना भेन्टिलेटरमा उपचाररत छन् ।

    हालसम्म नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ लाख १६ हजार ७६१ रहेको छ । नौ लाख ५७ हजार ८०८ सङ्क्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा तीनको मृत्यु भएसँगै नेपालमा मृत्यु हुनेको सङ्ख्या ११ हजार ९४३ पुगेको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ