• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    अमेरिकाले युक्रेनलाई सयौँ स्टिङर मिसाइल दिएको खुलासा, एक्लैले विमान खसाल्न सक्ने

    2.8K
    SHARES


    काठमाडौँ। विगत एक सातायता रुसी आक्रमणको सामना गरिरहेको युक्रेनलाई अमेरिकाले सयौँको सङ्ख्यामा जमिनबाट आकाशमा मार हान्ने स्टिङ्गर क्षे’प्यास्त्र पठाएको खुलासा भएको छ ।

    अमेरिकाका दुई अधिकारीलाई उद्धृत गर्दै एनबीसी न्युजले जनाएअनुसार यही साताको सोमबार अमेरिकाले युक्रेनलाई २ सय थान स्टिङ्गर क्षे’प्यास्त्र आपुर्ति गरेको हो ।

    गत शुक्रबार युक्रेनलाई हतियार सहयोग गर्ने बाचा गरेको ह्वाइट हाउसले ती क्षे’प्यास्त्रहरु पठाएको जनाइएको छ । त्यसबाहेक अमेरिकाले युक्रेनलाई ट्याङ्क ध्वस्त पार्ने ज्याभलिन एन्टी टयाङ्क क्षेप्यास्त्र पनि आपुर्ति गरेको छ ।

    यही साता जर्मनीले ५ सय र नेदरल्याण्ड्सले २ सय स्टिङ्गर क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने घोषणा गरेका थिए ।

    एकजनाले मात्रै पनि बोकेर हिड्न र प्रहार गर्न मिल्ने स्टिङ्गर क्षेप्यास्त्र यसअघि अमेरिकाले तत्कालीन सोभियत संघविरुद्ध अफगानिस्तानमा लडेका मुजाहिद्दिन लडाकुलाई प्रदान गरेको थियो ।

    मुजाहिद्दिन लडाकुको स्टिङ्गर आक्रमणबाट अफगानिस्तानमा २६० भन्दा धेरै सोभियत विमान तथा हेलिकोप्टर ध्वस्त भएको बताइन्छ ।

    रुसको आक्रमणपछि १० लाखले युक्रेन छोडे

    युक्रेनमा रुसको सैन्य कारबाही शुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (UNHCR) ले बिहीबार जनाएको छ।

    आफ्नो ट्विटर ह्यान्डलमा UNHCR उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् “केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।

    रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू – डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ।

    यसैबीच, संयुक्त राष्ट्र संघको महासभामा बुधबार भएको मतदानमा १४१ राष्ट्रले युक्रेनमा रुसको आक्रमणको निन्दा गरेका छन् भने पाँच राष्ट्रले समर्थन गरेका छन्l

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ