• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपालले पास गरेको एमसीसीबारे अमेरिकाको आधिकारिक धारणा बाहिरियो

    2.6K
    SHARES


    काठमाडौँ। अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले ५० करोड डलरको कम्प्याक्ट परियोजनासम्बन्धी सम्झौता नेपालको संसदबाट पारित गरेकोप्रति स्वागत गरेको छ ।

    अमेरिकाको वासिङ्टनस्थित मुख्यालयले प्रतिनिधिसभाबाट पारित भएको उक्त सम्झौताको एक विज्ञप्तिमार्फत स्वागत गरेको हो।

    एमसीसी पारित गर्ने सम्पूर्ण अधिकारी सार्वभौम अधिकार नेपाल सरकारमा निहीत रहेको थियो’, एमसीसीको विज्ञप्तिमा भनिएको छ, ‘यो पारित गरेसँगै एमसीसीको ५ वर्षे कार्यक्रम कार्यान्वयन गर्ने दिशामा काम गर्न बाटो खुलेको छ ।

    ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने नेपालको लक्ष्यअनुसार एमसीसीले २०१७ मा अनुदान सम्झौता गरेको पनि विज्ञप्तिमा स्मरण गरिएको छ।

    आइतबार बसेको प्रतिनिधिसभाको बैठकले एमसीसीबारे व्याख्यात्मक घोषणा सहित प्रतिनिधिसभाले पारित गरेको थियो ।

    एमसीसीले संसदको निर्णयको स्वागत गरेकाले व्याख्यात्मक घोषणालाई पनि स्वीकार गरेको रुपमा अर्थ्याइएको छ ।

    यसअघि नेपालस्थित अमेरिकी दूतावासले पनि एमसीसी पारित भएको विषयको स्वागत गरेको थियो ।

    प्रधानमन्त्री देउवा र अमेरिकी विदेशमन्त्री ब्लिन्केनबीच टेलिफोन वार्ता
    अमेरिका र एमसीसी मुख्यालयले यसअघि पटक–पटक सम्झौता अनुमोदन गर्ने कि नगर्ने भन्ने निर्णय लिने अधिकार नेपाल सरकार र सार्वभौम संसद्को रहेको उल्लेख गर्दै आएको थियो ।

    सम्झौताको अनुमोदनले पाँच वर्षे कार्यक्रमलाई कार्यान्वयन गर्ने दिशामा काम जारी राख्न बाटो खुला गरेको एमसीसी मुख्यालयले जनाएको छ ।

    ‘जसले बिजुलीको थप भरपर्दो आपूर्ति, कम यातायात लागत र नेपाली जनताका लागि थप रोजगारी सिर्जना गर्न मद्दत गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ ।

    काठमाडौंस्थित अमेरिकी राजदूतावासले फागुन १५ मा अनुमोदन भएको केही घन्टामै विज्ञप्ति निकालेर ‘अनुमोदनले सम्झौता कार्यन्वयनको लागि बाटो खोलेको’ जनाएको थियो ।

    मंगलबार राति नै एमसीसी अनुमोदनको सम्बन्धमा एमसीसी बोर्ड अध्यक्षसमेत रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्रधानमन्त्री शेरबहादुर देउवासँग टेलिफोन संवाद गर्दै अगामी दिनमा मिलेर अघि बढ्ने बताएका थिए ।

    मुख्यालयद्वारा विज्ञप्तिमा नेपालको कुन जनसंख्याको झन्डै ८० प्रतिशत (२ करोड ३० लाखभन्दा बढी) नेपालीलाई सहयोग गर्ने आशाका साथ नेपालको ऊर्जा र यातायात क्षेत्रलाई आधुनिकीकरण गर्ने आफ्नो लक्ष्य निर्धारण गरी नेपाल सरकारले २०१७ मा एमसीसी अनुदानमा हस्ताक्षर गरेको पनि जनाएको छ ।

    ‘यो वर्ष नेपाल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धको ७५ औं वर्ष हो । यी ७५ वर्षमा नेपालले अतुलनीय र अतुलनीय परिवर्तनहरू देखेको छ ।

    एमसीसी र अमेरिकी जनता यी परिवर्तनहरूमा नेपालको साथमा उभिएका छन् र देशलाई विकास सहायता, विपद् प्रतिकार्य र पूर्वतयारी सहायता, स्वास्थ्य र शिक्षा कार्यक्रमहरू र थपमा सहयोग गरेका छन्,’ विज्ञप्तिमा भनिएको छ,‘नेपालसँगको संयुक्त राज्य अमेरिकाको सम्बन्ध एउटै सम्झौताभन्दा फराकिलो छ । हामी देश, यसको लोकतान्त्रिक मूल्य र दीर्घकालीन आर्थिक समृद्धिलाई समर्थन गरिरहनेछौं ।’

    नेपालमा अमेरिकाले संसद्बाट व्याख्यात्मक घोषणासहितको अनुमोदनलाई के गर्छ भनेर प्रश्न भइरहदा यसअघि अमेरिकी राजदूतावास र मंगलबार राति एमसीसी मुख्यालयले अनुमोदनसँगै कार्यान्वयनको तिरतर्फ उन्मुख भएको प्रस्ट पारेको हो ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ