• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय समाचार

    रुसको ज्यादती बिरुद्ध अमेरिकाले दियो यस्तो कडा चेतावनी

    1.7K
    SHARES


    काठमाडौँ। अमेरिकाका राष्ट्रपति जो बाइडेनले अमेरिकी संसदलाई सम्बोधन गर्दै अमेरिका र नेटाले युक्रेनसँग पश्चिमको ऐक्यबद्धता देखाएको बताएका छन् ।

    उनले भने, ‘इतिहासले देखाउँछ कि तानाशाहले आफ्नो हमलाको मूल्य नचुकाएसम्म उसले थप अराजकता पैदा गर्छ ।’

    ‘हामी स्थिति नियन्त्रणमा आएको देख्नेछौँ । जब इतिहास लेखिन्छ, युक्रेनविरुद्ध पुटिनको युद्धले रुसलाई अझ कमजोर बनाउनेछ र संसारलाई थप बलियो बनाउनेछ ।’

    उनले भने, ‘६ दिन अघि रसका भ्लादिमिर पुटिनले स्वतन्त्र संसारको जग हल्लाउन चाहन्थे । उनले सोचे कि उनले आफ्नो खतरनाक तरिकाले यसलाई झुकाउन सक्छन् । तर उनले यसको गलत आँकलन गरे ।’

    बाइडेनले आफ्ना युक्रेनी समकक्षी वोलोदिमिर जेलेन्स्की र युक्रेनी नागरिकको तारिफ गरे । उनले उनलाई निडर, बहादुर बताउँदै उनीहरुले संसारलाई नै प्रेरित गरिरहेको बताए ।

    विश्वभरी २७ हजार भन्दा बढी रुसी पर्यटक अलपत्र परेको समाचारमा जनाइएको छ । युरोपेली संघ (ईयू), क्यानडालगायतले युक्रेनमा गरेको आक्रमणको विरोधमा रुसी एयरलाइन्सलाई प्रतिबन्ध लगाएसँगै आफ्ना देशका नागरिक अलपत्र परेको रुसको ट्राभल एजेन्सी संघले जनाएको छ ।

    ट्राभल एजेन्टहरूले यसको विकल्प फेला पार्ने प्रयास गरिरहेका छन् । केही संख्याका विमान सेवाहरुले युुरोपमा मात्रै नभई उत्तरी र मध्य अमेरिका जाने उडान समेत बन्द गरेका छन् ।

    विभिन्न मुलुकहरुले मस्कोले युक्रेनमाथि आक्रमण गरेपछि रुसी विमानहरूका लागि हवाई मार्ग बन्द गरिरहेका छन् । अमेरिकाले पनि मस्कोका लागि आफ्नो हवाई मार्ग बन्द गरेको छ ।

    ‘अमेरिका र हाम्रा मित्रहरुले नेटो क्षेत्रको प्रत्येक इन्चको प्रतिरक्षा गर्ने छ , यो पनि हाम्रो सामूहिक शक्तिका साथ । युक्रेनीहरु पनि विशुद्ध साहसका साथ लडिरहेका छन् ।

    पुटिनले युद्धको मैदानमा जित त हासिल गर्लान्, तर उनले दीर्घकालिन अवधिमा निरन्तर रुपमा ठूलो मूल्य चुकाउनु पर्नेछ,’ अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

    यद्यपि उनले युक्रेनी भूमिमा रुसी सेनासँग अमेरिकाले नलड्ने बताएका छन् । तर पुटिनलाई पश्चिमतर्फ जानबाट रोक्न नेटो गठबन्धनले बल प्रयोग गर्ने उनले बताएका छन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ