• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

    0.9K
    SHARES


    काठमाडौँ । बिहीबार सार्वजनिक बिदा हुने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा बिदा दिने निर्णय भएको हो । गृह मन्त्रालयले सो पर्वको अवसरमा बिहीबार बिदा दिने निर्णय भएको जानकारी दिएको छ ।

    गृहमन्त्रीको निजी स्वकीय सचिव नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको बताए । सरकारले सबैखाले ल्होसारमा बिदा दिँदै आएको छ ।

    ​ग्याल्पो लोसार बौद्ध धर्मावलम्बीहरूको एक प्रमुख चाड हो । यो चाड खासगरी शेर्पा जातीले मनाउने भएतापनि सांस्कृतिक घुलमिलका कारण अन्य जातिले पनि मनाउने गर्दछन् ।

    नयाँ वर्षका रूपमा शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउने गरेका छन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ