काठमाडौँ । सत्तारूढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आज प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्।
आज बिहान ९:३० बजेदेखि १० बजेसम्म अध्यक्ष नेपालले र त्यसपछि अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवासँग बेग्लाबेग्लै भेटवार्ता गरेको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।
उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमबारे कुराकानी भएको थियो। गत आइतबार गठबन्धनले प्रतिनिधि सभाबाट एमसिसी पारित गरेका थिए।
अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता प्रतिनिधिसभाबाट अनुमोदन भएपछि प्रचण्ड र नेपालले प्रधानमन्त्री देउवासँग भेटवार्ता गरेका हुन् ।
गठबन्धनमा चर्को विवाद र बहसका बीच गठबन्धन सरकार जोगाउनुपर्ने भन्दै प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित आइतबार एमसीसी सम्झौता अनुमोदन भएको थियो । सत्ता गठबन्धन दलहरु अब स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् ।
प्रतिक्रिया