• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    पशुपतिनाथ पुगेका पूर्वराजा ज्ञानेन्द्रलाई आपत

    3.1K
    SHARES


    काठमाडौं । महाशिवरात्रिको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाहले पशुपतिनाथको दर्शन गरेका छन्। पूर्वराजा शाहले मंगलबार साँझ पशुपतिको मूल मन्दिर प्रवेश गरी विधिपूर्वक दर्शन गरेका हुन् ।

    पशुपति पुगेपछि सार्वसाधारणले उनको पक्षमा नारा लगाएका थिए भने भीडले उनको गाडीलाई घरेको थियो । जसकारण उनलाई आपत आइलाग्यो । समर्थकको घेराबन्दीमा परेका शाहलाई त्यहाँबाट निस्किन हम्मेहम्मे परेको थियो ।

    त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले पशुपतिनाथ मन्दिरमा पूजा आराधना एवं दर्शन गरेकी छिन् । राष्ट्रपति भण्डारीले मूल मन्दिर प्रवेश गरी विधिपूर्वक पूजा आराधना एवं दर्शन गरेकी हुन् । उनले विधिअनुसार सबै मठ मन्दिरको दर्शन गरी मूल मन्दिरमा विधिपूर्वक पूजा आराधना गरेकी थिइन् ।

    राष्ट्रपति भण्डारी पशुपतिनाथ मन्दिर पुग्नु हुँदा उहाँलाई संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आले, मन्त्रालयका सचिव महेश्वर न्यौपाने, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.मिलनकुमार थापा, कोषाध्यक्ष नारायणप्रसाद सुवेदी, कोष सञ्चालक परिषद्का सदस्य, कार्यकारी निर्देशक, कर्मचारीलगायतले स्वागत गरेका थिए ।

    उपराष्ट्रपति पुनले पनि गरे पूजा आराधना
    यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले पनि पशुपतिनाथ मन्दिर जानु भई पूजा, आराधना एवं दर्शन गरेको कोषले जनाएको छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रिमा प्रत्येक वर्ष राष्ट्राध्यक्षले पशुपतिनाथमा विधिपूर्वक पूजा आराधना गर्ने परम्परा छ ।

    आज हिन्दुहरूको महान चाड महाशिवरात्रि। झिसमिसेदेखि पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजनहरूले श्रद्धा भक्तिपूर्वक पूजाआराधना गरिरहेका छन्।

    महाशिवरात्रि पर्वमा पशुपतिनाथ दर्शन गर्न हजारौँको सङ्ख्यामा दर्शनार्थीहरू पुगेका छन्। भक्तजनहरूलाई मन्दिर दर्शनका लागि तीनवटा मार्गको व्यवस्था गरिएको छ ।

    आजको दिन बिहानै नुहाइधुवाइ गरी शिव लिंगमा बेलपत्र, जल, दूध अपर्ण गरि शिवको पूजा गर्ने हिन्दु मान्यता छ । आज रातभरि जागा रहने, भजनकीर्तन गर्ने तथा शिवको पूजाआराधना गर्ने चलन रहिआएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ