• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    अन्तराष्ट्रिय

    विवाह भएको केही घन्टामै रुसले हमाल गरेपछि नवविवाहित जोडीले यसरी मनायो हनिमुन, विश्वभर चर्चा

    1.4K
    SHARES


    एजेन्सी । विवाह भएको केही घन्टामै रुसले युक्रेनमा हमला गरेपछि एक विवाहित जोडीले युद्धमै हनिमुन मनाउने भएका छन् । यारना एरिएभा र स्भ्यातोस्लभ फर्सिनले मे महिनामा बिहे गर्ने योजना बनाएका थिए । तर, रुसको आक्रमणका कारण उनीहरूले गत हप्ता विवाह गरेका हुन् ।

    नवविवाहित यो जोडी अहिले आर्मीको परिहनमा राइफल बोकिरहेको देखिन्छ । सञ्चारमाध्यम सिएनएनसँग कुरा गर्दै उनीहरूले आफ्नो भूमिमा कब्जा गर्न खोजिरहेका रुसी सेनाविरुद्ध डटेर लड्ने र आफूहरूका लागि त्यही हनिमुन समान हुने बताएका छन् ।

    युक्रेनको राजधानी किभमा जन्मिएकी एरिएभा भन्छिन्, “हामीले अहिले भोग्नुपरेको यो नयाँ वास्तविकता बुझ्न कठिन छ । वसन्तको पहिलो महिना सुरु हुन गइरहेको छ । जसमा मानिसहरू प्रायः युक्रेनको राष्ट्रिय फूल सूर्यमुखीको खेतीमा लागिरहेका हुन्थ्ये । तर, अहिले रुसको हमलाविरुद्ध लड्नु परिरहेको छ ।”

    उनले थप भनिन्, “यहाँ कसैले पनि हामी हार्छौं वा मर्नुपर्छ भनेर रोइरहेका छैनन् । हामीमा जित्छौँ भन्ने विश्वास छ । धेरै मानिस यो देशका लागि लड्न तयार भएको देखेर मलाई एकदमै खुसी लागिरहेको छ । हामीले युद्ध जित्नेछौँ भन्नेमा सबै विश्वस्त छौँ ।”

    तर, उनका पति फर्सिन चाहिँ पश्चिमी सहर लिभमा जन्मिएका हुन् । फर्सिनका अनुसार पहिलेदेखि नै मानिसहरू स्वतन्त्रता चाहन्थे । त्यसकारण उनीहरू स्वतन्त्रताका लागि जतिसुकै ठूलो लडाइँ लड्न पनि तयार रहेको उनले बताए ।

    युद्धमा जाँदा अवश्य पनि उनीहरूलाई आफ्नो र परिवारको धेरै चिन्ता छ । आफ्नी पत्नी, बुबाआमा र बहिनीलाई बचाउन आफूले सबथोक गर्ने फर्सिनको भनाइ छ ।

    फर्सिनकी पत्नी एरिएभा भन्छिन्, “यहाँको जीवन फरक भइसकेको छ । तर, हामी सबै मान्छे हौँ । त्यसैले मानिस अझै हाँस्छन्, ठट्टा गर्छन् । त्यो दृश्य हेर्दा मलाई वास्तवमै एकदम रोचक लाग्छ । युद्धको सुरुवातसँगै यहाँ परक किसिमको जीवन सिर्जना भएको छ । हाम्रा लागि दैनिकी यही हो ।”

    यो जोडीले अहिले अन्तर्राष्ट्रिय समुदायसँग युक्रेनका लागि पैसा, खानेकुरा, हतियार र मेडिकल सहयोगका लागि अपिल गर्दै रुसमाथि कडाभन्दा कडा प्रतिबन्ध लगाउन अनुरोध गरिरहेको छ ।

    फर्सिन छिट्टै परिवार र साथीसँग भेला भएर राम्रो वाइन पिउन चाहन्छन् । उनले भने, “हामीले जित्यौँ भनेर खुसी मनाउन पाउने मैले आस गरेको छु ।” तर, योभन्दा पहिले रुससहित विश्वका सबैले स्वतन्त्रताको लडाईँ याद राखून् भन्ने चाहेको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ