• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति

    प्रचण्ड-नारायणकाजी भेटमा के भयो कुराकानी?

    1K
    SHARES


    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेता नारायणकाजी श्रेष्ठलाई भेट्न उनकै निवास पुगेका छन्।

    अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदनलाई लिएर असन्तुष्ट बनेका नेता श्रेष्ठलाई भेट्न अध्यक्ष ‘प्रचण्ड’ मंगलबार श्रेष्ठ निवास हात्तीवन पुगेका थिए।

    भेटमा प्रचण्डले पार्टीभित्रको मतभेदलाई पार्टीमै बसेर छलफल गर्न आग्रह गरेका थिए। आफूले कुनै प्रसंगमा भनेको विषयलाई लिएर अन्यथा नठान्न र कुनै नयाँ निर्णय नगर्नसमेत प्रचण्डले श्रेष्ठलाई भनेका थिए।

    सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा प्रचण्डले कोही नयाँ बाटो हिड्न चाहेमा स्वतन्त्र हुने अभिव्यक्ति दिएका थिए।

    श्रेष्ठले आफूले नयाँ कदम चाल्नेबारे केही नसोचेको तर प्रचण्डको सोमबारको अभिव्यक्तिले भने झस्काएको जवाफ दिएका थिए।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ