• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Highlights राजनीति

    माओवादी फुट्ने सुइंको पाएपछि प्रचण्डले नारायणकाजीलाई फकाउन निकाले यस्तो जुक्ति, सबै चकित

    1.2K
    SHARES


    काठमाडौं । अमेरिकी सहयोग एमसीसी सम्झौता संसदबाट अनुमोदन भएको विषयलाई लिएर माओवादीभित्र दुई लाइन संघर्ष चर्किएको छ ।

    व्याख्यात्मक घोषणासहित एमसीसी पारित गर्ने पार्टी लाइनको विपक्षमा रहेका नारायणकाजी श्रेष्ठसहित पूर्वएकताकेन्द्र समूहका नेताहरूले माओवादी पार्टीबाट विद्रोह गर्न सक्ने सम्भावना बढेपछि अध्यक्ष प्रचण्ड मंगलबार हात्तिवनस्थित नारायणकाजीको निवासमा पुगे ।

    ‘सोमबार खुमलटारमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले नारायणकाजी श्रेष्ठलाई पार्टी छाडेर गए हुन्छ भन्ने रुखो अभिव्यक्तिपछि पूर्वएकताकेन्द्रका नेताहरूले चित्त दुखाएका छन्,’ श्रेष्ठनिकट पूर्व एकता केन्द्रका एक नेताले भने, ‘कमरेड नारायणकाजीलाई अपमान सहेर प्रचण्डसँग बस्न सकिन्न भन्दै पूर्वसमूहका नेताहरूले दबाव दिइरहेका छन् । यही कुरो थाहा पाएर आज प्रचण्ड नारायणकाजीलाई भेट्न हात्तीवन जानुभएको हो ।’

    पार्टीमा बस्न मन नलाग्नेहरू छाडेर जान सक्ने प्रचण्डको अभिव्यक्तिपछि माओवादीमा रहेका पूर्वएकताकेन्द्र समूहका साथीहरू तरङ्गित बनेको ती नेताले बताए । सोमबारको पत्रकार सम्मेलनमा प्रचण्डले एमसीसीबारे असहमति राख्ने अधिकार भए पनि सार्वजनिकरुपमा बोलेर श्रेष्ठले गल्ती गरेको बताएका थिए ।

    प्रचण्डले श्रेष्ठलाई के भने ?
    प्रचण्डले व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन गर्ने पार्टी निर्णयमा बिमति राखेका नेता नारायाणकाजी श्रेष्ठसँग मिलेरै अघि बढ्न प्रस्ताव गरेका छन् ।

    जवाफमा श्रेष्ठले पनि आफूहरु छुट्टिने निष्कर्षमै भने नपुगेको बताएका छन् । मंगलबार नेता श्रेष्ठलाई भेट्न अध्यक्ष प्रचण्ड श्रेष्ठ निवास हात्तीवन पुगेका थिए । भेटमा अध्यक्ष प्रचण्डले एमसीसीका विषयमा आफहरुबीचको मतभिन्नतालाई कायमै राखेर बाँकी विषयमा भने मिलेर जान प्रस्ताव गरेका थिए ।

    ‘यो विषयमा मतभेद कायम राखौं अरु कुरामा मिलेर जाऔं, पार्टी एकताबद्ध गर्नु अहिलेको आवश्यकता हो,’ भेटमा अध्यक्ष प्रचण्डले नेता श्रेष्ठसँग भनेका थिए । सोमबार आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले एमसीसीमा श्रेष्ठले गरेको विरोधमा असन्तुष्टि जनाएका थिए ।

    ‘हामी छुट्टिने निष्कर्षमा पुगेका थिएनौ, उहाँहरुले त्यो भनेपछि सोच्नुपर्यो नि,’ प्रचण्डसँगको भेटबारे श्रेष्ठले भने, ‘यद्यपि अहिले पार्टी रुपान्तरण हुन्छ कि हुन्न भन्ने कुरा उठेकै छ, राष्ट्रियतामा पनि पार्टी पुरानो अडान मा टिकेन पार्टीभित्र कार्यकर्ताताई समान ब्यवहार पनि भएको छैन भने त के गर्ने भन्ने कुरा उठेको छ ।’ श्रेष्ठका अनुसार अध्यक्ष प्रचण्डले आफ्नो पुरानो उक्त अभिव्यक्ति सच्याउने बताएका छन् ।

    यसैबीच, आगामी शुक्रबार माओवादीको केन्द्रीय कमिटीको बैठक बस्दैछ । महासचिव लगायत पदाधिकारीहरू छान्ने कार्यसूची रहेको सो बैठकमा पूर्वएकताकेन्द्रका नेताहरूले फरक मत राख्ने र त्यहीँबाट पार्टी फुट्न सक्ने सूचना पाएपछि प्रचण्डले त्यसलाई मिलाउन सक्रियता बढाएको नेताहरूले बताए ।

    नेकपा (माओवादी केन्द्र)का नारायणकाजी श्रेष्ठ पक्षधर नेताहरुमा असन्तुष्टि बढेको छ । अध्यक्ष पुष्पकमल दाहाल पक्षले एकलौटी रुपमा अघि बढेको र एमसीसीलगायत विषयमा आफ्नो पक्षको कुरा नसुनेको भन्दै श्रेष्ठसहितका नेताहरुले आपत्ति जनाएका छन् ।

    सोमबार अध्यक्ष दाहालले नेता श्रेष्ठलाई ‘पार्टी छोडेर गए पनि हुने’ आशयको अभिव्यक्ति दिएपछि श्रेष्ठ पक्ष झन् चिढिएको छ । श्रेष्ठ पक्षधरहरुको आक्रोश चुलिँदै‌ गएपछि मंगलबार अध्यक्ष दाहाल र नेता श्रेष्ठलाई भेट्न उनकै निवास हात्तीवन पुगेका हुन् ।

    व्याख्यात्मक घोषणासहित एमसीसी पारित भएपछि श्रेष्ठले सामाजिक सञ्जलमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले लेखेका थिए, ‘अन्ततः व्याख्यात्मक घोषणाको सुनियोजित भ्रम छर्दै आज राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट अनुमोदन गराई छाडे । आम देशभक्त नेपाली जनताले यसलाई कालो दिनको रुपमा लिनेछन् । सम्पूर्ण देशभक्त शक्तिहरू एकताबद्ध होऔं र नेपालको राष्ट्रिय सार्वभौमिकता, स्वाधीनता र हितको संघर्षलाई निरन्तर जारी राखौं ।’

    पार्टी निर्णय नमानेको र बाहिर आलोचना गरेको विषयमा दाहालले असन्तुष्टि जनाउँदै एमसीसीको विषयलाई लिएर पार्टी कसैले छोड्न चाहेमा जानसक्ने अभिव्यक्ति दिएका थिए । उनले महाकाली सन्धिपछि वामदेव गौतमले एमाले विभाजन गरेर माले गठन गरेको तर एक सिट पनि नजितेको उदाहरण दिँदै कसैलाई पार्टीमा जबर्जस्ती राख्न नसकिने बताएका थिए ।

    एमसीसी पारित भएपछि श्रेष्ठ पक्षधरले छुट्टै भेलासमेत गरेका थिए । उनीहरूले एकताबाट आएका आफूहरूलाई अझैसम्म पनि माओवादी नमानेकाले पनि पार्टीमा अब बसिराख्नुको औचित्य नभएको भन्ने कुरा श्रेष्ठसमक्ष राखेका थिए । अध्यक्ष दाहालको उक्त अभिव्यक्तिपछि श्रेष्ठ समूहमा तीव्र असन्तुष्टि छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ