• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    एससीसी पास भएको ४८ घन्टापछि माधव नेपालले गरे यति ठूलो खुलासा, हल्लियो खुमलटार

    2.6K
    SHARES


    काठमाडौँ। एससीसी पास भएको ४८ घन्टापछि माधव नेपालले सनसनीपूर्ण खुलासा गरेका छन्। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा बालकोटको षड्यन्त्रअनुसार चल्न खोजेपछि महाभियोग लगाइएको खुलासा गरेका छन्।

    उनले चोलेन्द्रको नामै नलिई फागुन १ गते पार्टीलाई नै सिध्याउने गरी षड्यन्त्र भएकाले त्यसलाई चिर्न सत्ता गठबन्धन सफल भएको बताए। उनले बालकोटको त्यस्तो षड्यन्त्रसम्बन्धी सूचना आफूले पाएको बताए। नेपाले यस्तो खुलासा गरेपछि राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ।

    हामीलाई निमिट्यान्न पार्न खोज्ने सबै दुई हप्तादेखिका षड्यन्त्रहरू एक मिनेटमा चुट्की बजाएर समाप्त भएको छ । फागुन १ को षड्यन्त्र त्यस्तै थियो। फागुन १ गते पुरै हामीलाई त्यही दिन हाम्रो पार्टीको अस्तित्वलाई समाप्त पार्ने षड्यन्त्र भइसकेको थियो।

    मंगलबारको पत्रकार सम्मेलनमा नेपालले भने, ‘हामीलाई थाहा हुँदैन बालकोटमा के–के षड्यन्त्र भइरहेको छ ?थाहा पाइराख्नु पर्‍यो त्यहाँ । घरको वरिपरि अझै हेर्नुपर्‍यो।सूचना हामीकहाँ पठाउने पठाउने छन् कि  नले षड्यन्त्र नगर्न, सकारात्मक सोच्न र गलत बाटोबाट फर्किन पनि ओलीलाई आग्रह गरे।

    उनले भिरबाट लड्ने गोरुलाई रामराम भन्न सकिए पनि काँध थाप्न नसकिने बताए। फागुन १ गते सत्ता गठबन्धनले चोलेन्द्र शमशेर जबरालाई महाभियोग लगाएको थियो। सो महाभियोगसम्बन्धी विषय अहिले संसद्‍मा विचाराधीन अवस्थामा छ।

    तेस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता भीम रावल अनुशासनहीन ढंगले हिरो बन्न खोजेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन्।

    अध्यक्ष ओलीले भने, पार्टीको काम कारवाही भन्दा आफूलाई पृथक ढंगले प्रस्तुत गरिरहनुभएको छ। मैले अस्ति हाम्रो संसदीय दलको बैठकमा पनि भनेको थिएँ, आफूलाई व्यक्तिगत तर्फबाट हिरो देखाउन खोज्ने, कुनै पनि बाहनामा चाहे राष्ट्रवाद होस् चाहे लोकतन्त्र होस् वा अरु बाहानामा हाम्रो पार्टीले लिएका नीति सही छन्।

    त्यसको बिरुद्धमा पृथक देखिएर गर्ने क्रियाकलापहरू अनुशासनभित्र पर्दैनन् । भीम रावल हाम्रो पार्टीको सल्लाहकार परिषदको सदस्य हो  उहाँले आत्मकेन्द्रित, आत्मप्रचारक भएर अनुचित र अनुशासनहीन काम गर्दै आउनुभएको छ।

    त्यसतर्फ पार्टीको ध्यान गएको पनि उनले बताए। नेता रावल एमसीसी विरोधी कार्यमा क्रियाशील रहेका छन् ।ओलीले अब एमसीसी परियोजना कार्यान्वयन गरेर जानुको विकल्प नभएको बताएका छन्।

    मंगलबार काठमाडौँमा गरिएको पत्रकार सम्मेलनमा बोल्दै ओलीले परियोजना देशको विकास र हितको पक्षमा काम हुँदै जानुपर्ने बताए। एउटा देशको सहयोग निकायसँग हाम्रो देशले गरेको सम्झौता संसद्बाट पारित भइसकेपछि त्यो कार्यान्वयन नहुने भन्ने कुरा हुँदैन।

    प्रक्रियागत त्रुटि सरकारको त्रुटि हो त्यो गलत हो। त्यसो गर्नु हुँदैनथ्यो सरकारले गर्‍यो। संसद्मा पनि स्वस्थ ढंगले कहाँ बिचार गर्न दिइयो र ? जसरी पनि पास भएपछि अव यो कार्यान्वयनमा जानुको कुनै विकल्प छैन। कार्यान्वयनमा जानुपर्छ। कार्यान्वयन कसरी जान्छ हेर्नुपर्छ।

    राष्ट्र हितमा यसको कार्यान्वयनको रखवारी गर्नुपर्दछ। हाम्रो भनाई यसको कार्यान्वयन देशको हितमा होस, विकासको पक्षमा होस। पत्रकारले तपाईंलाई अमेरिकी अधिकारीको फोनबाट दबाब आएको हो भन्ने जिज्ञासामा अध्यक्ष ओलीले,

    नेपालको प्रमुख पार्टीको अध्यक्षको हैसियतमा भारत, चीन, अमेरिकाका अधिकारीले फोन गर्नु स्वाभाविक कुरा रहेको बताए। उनले अमेरिकी सहायक विदेश मन्त्रीको पनि फोन आएको बताए । कसैले धम्की, दबाब वा प्रभाव पार्न खोजे त्यसको प्रतिवाद गर्ने र त्यस्तो दबाब नआएको दाबी गरे।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ