• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    गठबन्धन टुटेसँगै गण्डकी प्रदेश सरकार धरापमा

    1.1K
    SHARES


    काठमाडौ. ..राष्ट्रिय जनमोर्चाले पाँच दलीय गठबन्धनबाट अलग हुने घोषणा गरेसँगै गण्डकी प्रदेश सरकार धरापमा परेको छ । एमसीसी संसदबाट पारित भएसँगै गठबन्धनबाट बाहिरिने जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्तिमार्फत घोषणा गरेका छन् ।

    ६० सदस्यीय गण्डकी प्रदेशसभामा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीलाई गठबन्धन दलका ३१ सांसदको समर्थन छ। उनलाई कांग्रेसका १५ जना, माओवादी केन्द्रको ११ जना सभामुखबाहेक र जनता समाजवादी पार्टी जसपा का २ गरी कुल ३१ सांसदको समर्थन रहेको छ ।

    स्वतन्त्र सांसद राजीव गुरुङ दीपक मनाङे प्रदेश सरकारमा मन्त्री छन्। जनमोर्चाबाट तीन सांसद रहेकामा कृष्ण थापा कारबाहीमा परेपछि प्रदेश सभामा हाल दुई सांसद बहालमा छन्।

    केन्द्रको निर्णयानुसार जनमोर्चाका दुई सांसद प्रदेश सरकारबाट बाहिरिएको अवस्थामा गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने भएको छ। जनमोर्चा बाहिरिएको अवस्थामा कांग्रेसको १५, माओवादीको ११, जसपाको २ र एक स्वतन्त्र सांसदसहित कुल २९ सांसद छन् ।

    यस्तो अस्थामा गण्डकी प्रदेश सरकार अल्पमतमा पर्ने र फेरि सरकार परिवर्तन हुने चर्चा सुरु भएको छ । प्रदेश सरकारलाई समर्थन कायम राख्ने वा फिर्ता लिने भन्ने विषयमा तत्काल निर्णय नभएको राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश संसदीय दलको नेता पियारी थापाले बताएकी छन्।

    केन्द्रको निर्णयबमोजिम नै आफूहरु कदम चाल्न तयार भएको उनको भनाइ छ ।तर, कांग्रेसबाट मुख्यमन्त्री बनेका कृष्णचन्द्र पोखरेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको अवस्थामा गण्डकीमा अर्को सरकार बन्ने सम्भावना भने न्युन रहेको देखिन्छ । गण्डकीमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका २७ सांसद कायम छन्।

    जनमोर्चा प्रतिपक्षमा रहँदा प्रतिपक्षी सांसदको संख्या २९ हुन आउँछ। एमालेले जनमोर्चाको साथ लिन नसकेको खण्डमा अर्को सरकार बन्ने सम्भावनासमेत रहँदैन ।यद्यपि जनमोर्चाले समर्थन फिर्ता लिएको अवस्थामा सरकार स्वतः अल्पमतमा पर्ने तर संविधानको धारा १६८ अनुसार अन्तिम विकल्पमा सरकार बनेका कारण अर्को सरकार बन्ने सम्भावना नरहेको विश्लेषणसमेत हुन थालेको छ ।

    तर, सरकार अल्पमतमा परेको अवस्थामा फेरि पनि पृथ्वीसुब्बा गुरुङलाई नयाँ मुख्यमन्त्री बनाउने कसरतमा नेकपा एमाले सक्रिय भएको देदिन्छ । दुई पटकसम्म प्रतिनिधिसभा भंग भएपछि गुरुङ नेतृत्वको सरकार ढलेको थियो । सत्ता गठबन्धनको मिलेमतोमो कृष्णचन्द्र नेपाली पोखरेल को नेतृत्वमा प्रदेश सरकार बनेको थियो ।

    देश नै दुर्घटनातर्फ जान लागेको समयमा प्रदेश सरकार ढल्छ भनेर डराउन नहुने र सरकारले षड्यन्त्रपूर्ण ढंगले जनताको बिमती हुँदाहुँदै पनि एमसिसी पास गरेका कारण गठबन्धनबाट बाहिरिने निर्णय गरेको जनमोर्चाका नेताहरुको भनाइ छ ।

    प्रदेश सरकार ढल्छ भन्ने डरले गठबन्धनसँग रहिरहन नसक्ने र देशको राष्ट्रिय अखण्डता, सार्वभौमसत्तामाथि निर्मम प्रहार गर्नेहरुसँग सहकार्य गर्न नसकिने जनमोर्चाले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ