• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    राजनीति विशेष समाचार

    बन्द सफल भएलगत्तै विप्लवले निकाले यस्तो विज्ञप्ति, देउवा-प्रचण्डलाई के भने ?

    2.7K
    SHARES


    काठमाडौँ । राष्ट्रघाती एमसीसीविरुद्ध सडक सङ्घर्षमा होमिएका नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र २ मोर्चाले आज  गरेको नेपाल बन्द सकिएलगत्तै नेपाल कम्युनिस्ट पार्टीका महाचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले अर्को कडा विज्ञप्ति निकालेका छन्।

    विप्लवले एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिएका छन् ।

    सोमबार साँझ ‘बन्द सफलका लागि धन्यवाद विज्ञप्ति’ जारी गर्दै विप्लवले एमसीसीलगायत संसद्वादी दलहरूका राष्ट्रघाती कदमका विरुद्ध राष्ट्रियताको लडाइँ जारी रहेको र त्यसको नेतृत्व नेकपालगायत सारा क्रान्तिकारी, देशभक्त, कम्युनिस्ट शक्तिहरूले गर्ने पनि बताएका छन् । उनले भनेका छन्, ‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन ।’

    विप्लवले नेपालका संसद्वादी दलहरूले पारित गरेको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध आफ्नो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टीले आज १६ गते नेपाल बन्दको आयोजना गरेको र  जानकारी दिने छोटो समय हुँदाहुँदै पनि देशभक्त नागरिकहरूले आफ्नै तत्परता एवम् सहमतिमा आफ्नो देशको स्वाधीनताको रक्षाका पक्षमा उभिँदै नेपाल बन्दलाई भव्य रूपले सफल भएको बताए।

    ‘२०७८ फागुन १५ गते नेपालका संसद्वादी दलहरूले पारित गरेको राष्ट्रघाती एमसीसी सम्झौताका विरुद्ध हाम्रो जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टीसहित ६ कम्युनिस्ट पार्टीले आज १६ गते नेपाल बन्दको आयोजना गर्यौँ । जानकारी दिने छोटो समय हुँदाहुँदै पनि देशभक्त नागरिकहरूले आफ्नै तत्परता एवम् सहमतिमा आफ्नो देशको स्वाधीनताको रक्षाका पक्षमा उभिँदै नेपाल बन्दलाई भव्य रूपले सफल बनाउनुभएको छ।’ विज्ञप्तिमा भनिएको छ ।

    ऐतिहासिक बन्दलाई सफल पार्ने आम नेपाली देशभक्त जनतालाई विप्लवले  विशेष धन्यवाद मसेत व्यक्त व्यक्त गरे। साथै विप्लवले बन्दका क्रममा देशभरिबाट गिरफ्तार परेका नेताकार्यकताहरुको शीघ्र रिहाइको माग गर्दै घाइते भएका आफ्नो पार्टीका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

    ‘ऐतिहासिक बन्दलाई सफल पार्ने आमनेपाली देशभक्त जनतालाई हाम्रो पार्टी विशेष धन्यवाद व्यक्त गर्न चाहन्छ । बन्दका क्रममा देशभरिबाट सयौँजना कमरेडहरू गिरफ्तार हुनुभएको छ । उहाँहरूको शीघ्र रिहाइको माग गर्दछ । साथै हिजोको विरोध प्रदर्शनमा गम्भीर घाइते हुनुभएकी युवा सङ्गठनकी महासचिव कमरेड विदुषी र आज बन्दमा देशभरि घाइते हुने योद्धा कमरेडहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।’ महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य नभएको बताउँदै विप्लवले यसका विरुद्ध जनता निरन्तर सङ्घर्षमा बढ्ने र  आफुलगायत सारा क्रान्तिकारी, देशभक्त, कम्युनिस्ट शक्तिहरूले त्यसको अनवरत नेतृत्व प्रदान गर्ने बताए।

    विप्लवले राष्ट्रियताका पक्षमा चल्ने सबै सङ्घर्षमा आमनेपाली देशभक्त नागरिकहरूलाई सक्रिय सहयोग र सहभागिता जनाउन विशेष आग्रह  आग्रह गरे।

    ‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन । यसका विरुद्ध जनता निरन्तर सङ्घर्षमा बढ्नेछन् भने हाम्रोलगायत सारा क्रान्तिकारी, देशभक्त, कम्युनिस्ट शक्तिहरूले त्यसको अनवरत नेतृत्व प्रदान गर्नेछन् ।’ विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रियताका पक्षमा चल्ने सबै सङ्घर्षमा आमनेपाली देशभक्त नागरिकहरूलाई सक्रिय सहयोग र सहभागिता जनाउन विशेष आग्रह गर्दछौँ ।’  विज्ञप्तिको पूर्णपाठ…

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ