• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    युक्रेनद्वारा ४३०० रुसी सैनिक मारिए, १४६ ट्यांक पनि ध्वस्त

    1.7K
    SHARES


    किभ । युक्रेनमा रुसी आक्रमणको पाँचौ  दिन अझै भिषण लडाईं जारी छ। युक्रेनले हालसम्म रुसतर्फ ठूलो क्षति भएको दाबी गरेको छ।

    अन्तराष्ट्रिय सञ्चारमाध्यमका अनुसार हालसम्म ४३ सय बढी रुसी सैनिक मारिएको युक्रेनले जनाएको छ।

    युक्रेनी रक्षामन्त्रालये हालसम्म ४३ सय बढी रुसी सैनिक मारिएको र १४६ बढी ट्यांक ध्वस्त पारिएको जनाएको हो। यस्तै २७ सैन्य जहाज र २६ हेलिकोप्टर पनि ध्वस्त पारिएको युक्रेनको दाबी छ

    बेलारुसले युक्रेन र रुसका प्रतिनिधिमण्डलको वार्ताका लागि स्थान तयार भएको बताएको छ । बेलारुसको यो बयान यस्तो समय आएको हो जब युक्रेनमाथि मस्कोको हमला पाँच दिन भइसकेको छ ।

    वार्ताका लागि युक्रेन र बेलारुसको सीमा नजिकै एउटा स्थान तयार पारिएको छ । युक्रेन आफ्नो राजदूतलाई त्यहाँ पठाउनका लागि तयार भएको छ ।

    रिपोर्टका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले रुसी आक्रमणमा समावेश हुनका लागि आफू सेना पठाउन तयार भएको बताइसकेका छन् । यति हुँदा हुँदै पनि युक्रेन आफ्नो प्रतिनिधिमण्डललाई वार्ताका लागि पठाउन तयार छ ।

    बेलारुसका विदेश मन्त्रालयले सोसल मिडियामा रुस र युक्रेनको झण्डासहित टेबल, कुर्सीको तस्बिर साझा गर्दै लेखेका छन्, ‘रुस र युक्रेनको वार्ताका लागि बेलारुसमा स्थान तयार छ । प्रतिनिधिमण्डल आउँदै छन् ।’

    विदेश मन्त्रालयका प्रवक्ता एनातोली ग्लेजले भने, ‘मिटिङ पोइन्टमा प्रतिनिधिमण्डल पुग्ने बित्तिकै वार्ता सुरु हुनेछ ।’

    यसैबीच युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले आफूलाई यो वार्ताबाट कुनै परिणाम निस्कने आशा नभएको बताएका छन् ।

    उनले भने, ‘सधैँ झैँ मलाई साँच्चै नै यो बैठकको परिणामका लागि आशा छैन, तर उनीहरुलाई कोसिस गर्न भने दिन्छौँ ।’

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ