• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसद भवन अगाडि राखिएको बमभित्र फेला पर्यो यस्तो अनौठो वस्तु, प्रहरी नै चकित

    1.1K
    SHARES


    काठमाडौं । काठमाडौंको नयाँबानेश्वरस्थित संसद भवन अगाडिको सडकमा राखिएको शंकास्स्पद वस्तु कागज र इँटाको टुक्रा रहेको पुष्टि भएको छ ।

    आइतबार संसदले एमसीसी सम्झौतालाई अनुमोदन गररेपछि त्यसको विरोधमा नेपाल बन्द आह्वान गरिएका बेला सोमबार बिहान नयाँ बानेश्वरको मुख्य सडकमा प्रेस कुकर बमजस्तो वस्तु फेला परेको थियो । तर, नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यसलाई निस्क्रिय पारेको छ ।

    शंकास्पद प्रेस कुकरभित्र कागज र इँटाका टुक्रा रहेका सेनाको डिस्पोजल टोलीका क्याप्टेन सन्दीप थापाले जानकारी दिए ।

    उनका अनुसार कुकरभित्र कुनै पनि विस्फोटक पदार्थ थिएन । ‘कुकरमा शंका गर्नुपर्ने बस्तु र विस्फोटक पदार्थ पनि थिएन,’ उनले भने, ‘त्यसभित्र कागज र इँटाकोे टुक्रामात्र थियो ।’

    एमसीसीको विरोधमा विभिन्न ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।

    शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रका त्रास उत्पन्न भएको थियो । शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

    संसद भवनको मुख्य गेटअघि बीच सडकमा राखिएको शंकास्पद प्रेसर कुकरका कारण प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    सडकको बीच लेनमा राखिएको विधुतीय तारजडित बन्द प्रेस कुकर राखिएको करिब दुई घण्टापछि बम डिस्पोज भएको हो ।

    सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच सडकको मुख्य भागमा राखिएको उक्त प्रेसर कुकर कतिबेला त्यहाँ पुर्‍याइयो भन्नेबारे पत्तै पाउन नसकेको नजिकै पसल रहेका एक व्यवसायीले बताए ।

    एमसीसी पास गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न दलले सोमबार संयुक्तरुपमा नेपाल बन्द आयोजना गरेका छन् ।

    एसपी मैनालीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिइएको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ