Skip



  • News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसद भवन अगाडि राखिएको बम डिस्पोज

    559
    SHARES


    काठमाडौँ । संसद भवन अगाडि राखिएको ‘प्रेसर कुकर बम’ भनिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले सो शंकास्पद वस्तु डिस्पोज गरेको हो ।

    संसद भवन अगाडिको व्यस्त सडकमा अज्ञात समूहले सोमबार बिहान ‘नो एमसीसी’ लेखेर प्रेसर कुकर छाडेका थिए ।

    त्यसपछि सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिएर शंकास्पद बस्तु झण्डै दुई घण्टा लगाएर डिस्पोज गरिएको हो । सो क्रममा कुकरभित्र खाली कागज र प्लाष्टिक भेटिएको सेनाले जनाएको छ ।

    एमसीसीको विरोधमा विभिन्न साना ८ कम्युनिस्ट घटकले सोमबार बन्दको आह्वान गरेका छन् । सोही क्रममा शंकास्पद बस्तु फेला परेको हो ।

    शंकास्पद वस्तु फेला परेपछि बानेश्वर क्षेत्रका त्रास उत्पन्न भएको थियो । शंकास्पद वस्तु निष्क्रिय पारिसएसँगै बन्द भएको मुख्य सडक खोल्ने तयारी गरिएको छ ।

    संसद भवनको मुख्य गेटअघि बीच सडकमा राखिएको शंकास्पद प्रेसर कुकरका कारण प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

    सडकको बीच लेनमा राखिएको विधुतीय तारजडित बन्द प्रेस कुकर राखिएको करिब दुई घण्टापछि बम डिस्पोज भएको हो ।

    सुरक्षाकर्मीको बाक्लो उपस्थितीबीच सडकको मुख्य भागमा राखिएको उक्त प्रेसर कुकर कतिबेला त्यहाँ पुर्‍याइयो भन्नेबारे पत्तै पाउन नसकेको नजिकै पसल रहेका एक व्यवसायीले बताए ।

    एमसीसी पास गरेको विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासहित विभिन्न दलले सोमबार संयुक्तरुपमा नेपाल बन्द आयोजना गरेका छन् ।

    एसपी मैनालीले काठमाडौंका विभिन्न स्थानबाट ६ जनालाई नियन्त्रणमा लिइएको बताए ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ