• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Uncategorized

    रंगेहात समातिए रौतहटका मेयर, यस्तो छ काण्ड

    707
    SHARES


    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रौतहटको देवाही गोनाही नगरपालिकाका मेयर धर्मेन्द्रप्रसाद पटेलसहित चार जनालाई घुससहित नियन्त्रणमा लिएको छ।

    आयोगले मेयर धर्मेन्द्र प्रसाद पटेल, उनका सहयोगी अशोक प्रसाद पटेल, योजना शाखाका प्रमुख (खरिदार, चौथो तह) मुकेश पटेल र सह-लेखापाल प्रदीपकुमार यादवलाई सेवाग्राहीबाट घुस लिएको अवस्था नियन्त्रणमा लिएको हो।

    मेयर पटेलले उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बहानामा सेवाग्राहीसँग पाँच लाख घुस मागेको उजुरी अख्तियारमा परेको थियो।

    सोही उजुरीको आधारमा अख्तियारको टंगाल टोलीले उनीहरूलाई मेयरकै कार्यकक्षबाट नगद/चेकसहित नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ