• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    संसद भवन अगाडी बम भेटियो

    1.4K
    SHARES


    काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । बम निस्क्रिय बनाउन नेपाली सेनालाई खबर गरिएको छ ।

    मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट अनुमोदन भएको विरोधमा ६ वटा कम्युनिष्ट संगठन र दुईवटा मोर्चाले सोमबार नेपाल बन्द आह्वान गरेका छन् । बन्दकर्ताले बम राखेर हिँडेको प्रहरीले बताएको छ ।

    अहिले मुख्य सडक बन्द गरिएको छ । उक्त बम निष्क्रिय पार्नका लागि नेपाली सेनाको डिस्फोजल टोलीलाई खबरलाई गरेको एसपी मैनालीले बताए । उक्त प्रेसर कुकुर बममा नो एमसीसी लेखिएको छ । बम देखेर मान्छेहरुको भागाभाग भएको थियो ।

    उता काभ्रेको बनेपामा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ । बनेपाको पुल बजारमाको सडकमा भेटिएको वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको हो ।

    शंकास्पद वस्त भेटिएपछि बन्द भएको पुलबजारको सडकखण्ड पनि सञ्चालनमा आएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु बम नभएको प्रहरीले जनाएको छ । उक्त वस्तु राखेको आरोपमा एक जना व्यक्ति पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ