• News Portal

    • आज :

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    समाचार

    नेपाल बन्दको दिन देशभर कहाँ-कहाँ भयो बम बिस्फोट र आगजनी ? यस्तो छ ताजा अपडेट

    2.8K
    SHARES


    काठमाडौँ । संसदबाट एमसीसी अनुमोदन भएसंगै देशभर चर्को बिरोध सुरु भएको छ । एमसीसी संसदमा टेबुल हुनुपूर्व नै व्यापक बिरोध प्रदर्शन भए पनि सत्तारुढ गठबन्धनले एमसीसी पास गरेरै छोड्यो ।

    आइतबार संसदमा एमसीसी अनुमोदन भएसंगै बन्द बिरोधी गठबन्धनले सोमबार नेपाल बन्दको आह्वान गरेको छ । बन्दका कारण देशभरको जनजीवन ठप्प छ ।

    बन्दकर्ताले काठमाडौँको सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । चाबहिल र कलङ्कीमा ३ वटा बसमा तोडफोड भएको प्रहरीले जनाएको छ । सडकमा बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    यस्तै पोखरामा शक्तिशाली बिस्फोट भएको छ । लेखनाथमा बिस्फोट जस्तो चर्को आवाज आएको स्थानीयले संचारकेन्द्रलाई बताए । यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

    त्यस्तै काभ्रेको बनेपामा एउटा बम भेटिएको छ, प्रहरीले पनि शंकास्पद वस्तु फेला परेको पुष्टि गरेको छ । बनेपाको पुल बजारमा शंकास्पद बस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

    अहिले पुलबजारको खडकखण्ड बन्द गरिएको छ । नो एमसीसी लेखिएको शंकास्पद वस्तु भएको क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको छ । शंकास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको छ । बन्द कर्ताले बन्द सफल पार्न यस्तो बस्ति राखेको प्रहरी अनुमान छ ।

    उता नेपाल बन्दको असर सुदुरपस्चिमका ९ वटै जिल्लामा परेको छ । सुदुरपस्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा र वैतडी लगायतका जिल्लामा बन्दको प्रभाव परेको छ ।

    बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प छन् भने विद्यालय र बजार पनि खुलेका छैनन् । बन्दको आह्वान गर्दै ६ राजनीतिक पार्टी, २ मोर्चाका नेता–कार्यकर्ता बिहानैदेखि महेन्द्रनगर, डडेल्धुरा बागबजार, बैतडी लगायतका जिल्लाका सडकमा उत्रिएका छन् ।

    कञ्चनपुरका सडकमा बिहानैदेखि टायर बालेर बन्दकर्ताहरु प्रदर्शनमा उत्रिएका छन् । राष्ट्रघाती एमसिसि बिरुद्ध सडकमा उत्रिएका बन्दकर्तालाई प्रहरीले लाठिचार्ज गरेको थियो ।

    नेपाल बन्द गराउदै हिडेको अवस्थामा नेकपा भीमदत्तनगर सचिब दीपेन्द्र ऐरी र अखिल क्रान्तिकारी कञ्चनपुरका सह-सचिब हरिश ऐरीमाथि प्रहरीले प्रहरीले लठ्ठी चार्ज गर्दा घाइते भएका छन् । उनहरु दुवैको टाउकोमा चोट लागेको नेकपा कञ्चनपुरले जनाएको छ ।

    बन्दकर्ताहरूले एम्बुलेन्स, पानी र दू‌ध बोक्ने गाडी, प्रेस, कूटनीतिक नियोगका गाडी चल्न दिएका छन् भने अरू प्रायः सबै बन्द गराएका छन् । बन्दमा जनसमुदायको व्यापक समर्थन देखिएको नेकपाले जनाएको छ । बन्दमा कुनै पनि अप्रिय घटना हुन नदिनका लागि मुख्य मुख्य चोकहरुमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

    विप्लव नेतृत्वको नेकपा, मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कटेल नेतृत्वको नेकपा, आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल, कर्णजीत नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी र सिपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चाले दलले एमसीसी अनुमोदन गरेको भन्दै खारेजीको माग गर्दै नेपाल बन्द आह्वान गरेका हुन् ।

    सञ्चारकेन्द्र
    emailsanchar@gmail.com

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ